राज्य व्यवस्था समिति सभापतिमा आज मनोनयन दर्ता
सारांश
- सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको लागि मनोनयन दर्ता गर्दैछ।
- समिति सभापति चयनका लागि बुधबार निर्वाचन हुने भएको छ, जसमा कांग्रेसले उम्मेदवार तय गर्न सकेको छैन।
- रामहरि खतिवडाको राजीनामापछि खाली भएको पदका लागि नयाँ सभापति चुनिने भएको हो।
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा आज मनोनयन दर्ता गर्दैछ ।
सचिवालयका सचिव हर्कराज राईले सोमबार सभापति निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै आज मनोनयन गर्ने समय तोकेका हुन् ।
समितिका कुनै सदस्यलाई सम्बन्धित समितिको सभापतिमा निर्वाचित गरियोस् भनेर अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्न सकिने कार्यतालिकामा उल्लेख छ ।
मनोनयन दिउँसो १ बजेदेखि ४ बजेसम्म सचिवालयका सचिवको कार्यकक्षमा गर्न सकिने कार्यतालिकामा उल्लेख छ । सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र बुधबार दिउँसो तीन बजे समिति बैठक बसेर निर्वाचन गर्ने तालिका छ ।
राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले साउन २८ गते सङ्घीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी भएपछि नैतिकताका आधारमा राजीनामा दिँदा खाली छ । सङ्घीय संसद नियमावलीमा समिति सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति चुनिसक्नु पर्ने व्यवस्था गरिएकाले बुधबार निर्वाचन गरेर नयाँ सभापति चुन्न लागिएको हो ।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति दलहरूबिच भागबन्डा हुँदा नेपाली कांग्रेसको भागमा परेको छ । तर कांग्रेसले सभापतिको उम्मेदवार तय गर्न सकेको छैन । त्यसका लागि कांग्रेसले मंगलबार बिहान ११ बजे शीर्ष नेताहरूको बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण