नोटबन्दी अघिका भारतीय नोट प्रयोग नगर्न राष्ट्र बैंकले गरायो सचेत
मङ्गलबार, १० भदौ २०८२, १२ : १७
सारांश
- नेपाल राष्ट्र बैंकले भारतमा नोटबन्दीअघिका ५०० र १००० दरका भारतीय नोटको कारोबार नगर्न सचेत गराएको छ।
- केन्द्रीय बैंकले ती नोटको कारोबार, ओसारपसार तथा राख्न प्रतिबन्ध लगाएको जनाएको छ।
- नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकबाट आउँदा भारतीय नोट बोक्न नपाउने नियम रहेको छ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले भारतमा भएको नोटबन्दीभन्दा अगाडि चलनचल्तीमा रहेका ५०० र १००० दरका भारतीय नोटको कारोबार नगर्न सचेत गराएको छ।
मंगलबार एक सूचना प्रकाशित गर्दै केन्द्रीय बैंकले सोभन्दा अगाडिका नोट राख्न, कारोबार तथा ओसारपसार गर्न प्रतिबन्धित रहेको भन्दै सचेत गराएको हो । सन् २०१६ नोभेम्बर ९ मा भारतले नोटबन्दीको घोषणा गर्दै पुराना ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाइएको थियो ।
यस्तै, नेपालीले भारतबाहेक अन्य मुलुकबाट आवतजावत गर्दा भारतीय नोट बोक्न नपाउने समेत प्रस्ट पारेको छ ।
कुनै पनि नेपाली वा विदेशी नागरिकले ५ हजार अमेरिकी डलर वा सो बराबरको भारतीय रुपैयाँ तथा अन्य विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन सक्ने र सोभन्दा धेरै ल्याउनु परेमा भन्सारमा घोषणा गरी प्रमाणित गराउनुपर्ने अनिवार्य व्यवस्था समेत बैंकले सम्झाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण