राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दिनेबारे द्विविधामा माओवादी
सारांश
- माओवादी केन्द्रले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनमा उम्मेदवारी दिने वा नदिनेबारे निर्णय गर्न सकेको छैन।
- विपक्षी दलबाट साझा उम्मेदवार उठाउने वा माओवादीले छुट्टै उम्मेदवारी दिने भन्ने अन्योल छ ।
- कांग्रेसले ईश्वरी न्यौपानेलाई उक्त समितिको सभापतिमा पठाउने निर्णय गरेको छ।
काठमाडौँ । नेतृत्वविहीन भएको संसदको राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दिनेबारे प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)मा द्विविधा देखिएको छ । बुधबार हुने निर्वाचनमा विपक्षी दलबाट साझा उम्मेदवार उठाउने वा माओवादीले छुट्टै उम्मेदवारी दिनेबारे अन्योल देखिएको हो ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हालसम्म सभापतिमा उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा कुनै निष्कर्षमा नपुगिएको बताए ।
‘सभापतिमा उम्मेदवारी दिने विषयमा हामी कुनै निष्कर्षमा पुगेका छैनौँ । यसबारे दलभित्र वा विपक्षी दलहरूसँग छलफल हुन पनि सक्छ’, उनले भने ।
२७ सदस्यीय समितिमा माओवादीबाट दुई जना मात्र सांसद रहेका छन् । यसअघि निजामती सेवा विधेयकमा व्यवस्था भएको ‘कुलिङ आफ पिरियड’ गडबडीमा सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि पद रिक्त थियो ।
रिक्त पदमा सत्ताका मुख्य घटक नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई पठाउने निर्णय गरिसकेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा मंगलबार बिहान बसेको पदाधिकारी बैठकले न्यौपानेलाई पठाउने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण