दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु
सारांश
- दोलखामा मोटरसाइकल दुर्घटना हुँदा गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिसहित दुई जनाको मृत्यु भएको छ।
- राति भीमेश्वर नगरपालिका–६ स्थित रमितेडाँडामा मोटरसाइकल दुर्घटना हुँदा स्ववियु सभापति शिरिष बस्नेतको मृत्यु भएको हो।
- दुर्घटनामा २६ वर्षीय श्याम बहादुर खत्री 'सुजन'को पनि मृत्यु भएको छ भने अर्का मोटरसाइकल चालक घाइते भएका छन्।
काठमाडौँ । दोलखामा मोटरसाइकल दुर्घटना हुँदा गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिसहित दुई जनाको मृत्यु भएको छ ।
गएराति भीमेश्वर नगरपालिका–६ स्थित रमितेडाँडामा मोटरसाइकल दुर्घटना हुँदा स्ववियु सभापति शिरिष बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । राति ९ बजेतिर दुर्घटना भएको थियो । उपचारको क्रममा उनको च्छो रोल्पा अस्पताल चरिकोटमा मृत्यु भएको हो ।
२४ वर्षीय बस्नेत बस्नेत भीमेश्वर नगरपालिका वडा नम्बर–५ माटीका स्थानीय हुन् । उनले चलाएको बा.५३ प ८८९९ नम्बरको मोटरसाइकलमा सवार बैतेश्वर गाउँपालिका–३ मिर्गे घर भएका २६ वर्षीय श्याम बहादुर खत्री ‘सुजन’को पनि मृत्यु भएको छ ।
काठमाडौँबाट चरिकोट जाँदै गरेका बस्नेतले चलाएको मोटरसाइकल लामोसाँघु जिरी सडक खण्डमा बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो । बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकल चालक बैतेश्वर गाउँपालिका–५ बस्ने २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन् । उनलाई प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण