वीरगन्जमा हैजा नियन्त्रणका लागि खानेपानी शुद्धीकरणलाई प्राथमिकता
सारांश
- वीरगन्ज महानगरपालिकाले झाडापखाला र हैजाको जोखिमलाई ध्यानमा राख्दै खानेपानी शुद्धीकरणलाई प्राथमिकता दिएको छ।
- ट्याङ्करमार्फत ट्याङ्कीहरूमा पुर्याइने पानीलाई क्लोरिन र ब्लिचिङ पाउडर प्रयोग गरी निर्मलीकरण गरेर मात्र वितरण गरिँदै आएको छ।
- महानगर प्रमुखले नागरिकलाई पानी उमालेर पिउन र सरसफाइमा ध्यान दिन आग्रह गर्दै शुद्धीकरणलाई रोग नियन्त्रणको महत्त्वपूर्ण उपाय बताए।
वीरगन्ज । हाल वीरगन्जमा फैलिएको झाडापखाला र हैजाको जोखिमलाई ध्यानमा राख्दै वीरगन्ज महानगरपालिकाले खानेपानी शुद्धीकरणलाई प्राथमिकतामा राखेको छ। महानगरले विभिन्न स्थानमा राखिएका ट्याङ्कीहरूमा ट्याङ्करमार्फत पुर्याइने पानीलाई क्लोरिन झोल र ब्लिचिङ पाउडर प्रयोग गरेर निर्मलीकरण गरेर मात्रै वितरण गर्दै आएको छ।
महानगरको वातावरण निरीक्षक प्रकाश ऐरका अनुसार फोहोर वा दूषित पानीकै कारण हैजा, टाइफाइडसहित अन्य पाचनसम्बन्धी रोग फैलने सम्भावना उच्च हुन्छ। “हामीले ट्याङ्करमै क्लोरिन घोल्छौं र टंकीमा समेत ब्लिचिङ पाउडर प्रयोग गर्छौँ। यसरी शुद्धीकरण नगरिकन कुनै पनि स्थानमा पानी पठाइँदैन,” उनले भने ।
ब्लिचिङ पाउडर पानीलाई सुरक्षित बनाउने प्रभावकारी उपाय मानिन्छ। यसले पानीमा क्लोरिन मुक्त गराएर हैजा र टाइफाइड जस्ता रोगका जीवाणुहरूलाई तुरुन्तै नष्ट गर्ने भएकाले लामो समयसम्म सुरक्षित रूपमा प्रयोग गर्न सकिन्छ।
महानगर प्रमुख राजेशमान सिंहले खानेपानी शुद्धीकरणलाई रोग नियन्त्रणको सबैभन्दा महत्त्वपूर्ण उपाय भन्दै नागरिकलाई पनि घरमै पानी उमालेर मात्र पिउन र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरे। उनले भने, “सामुदायिक स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो। महानगरले आफ्नो तर्फबाट शुद्धीकरणको सम्पूर्ण प्रक्रिया अवलम्बन गरिरहेको छ, तर नागरिकले पनि सतर्कता अपनाउनुपर्छ। हामी कुनै पनि हालतमा अशुद्ध पानी वितरण गर्न दिने छैनौँ।”
महानगरले प्रत्येक घरपरिवारलाई सुरक्षित पानी उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण