धर्मको नाम, व्यापारको काम
मानव सभ्यताको प्रारम्भदेखि धर्म जीवनको मेरुदण्ड बनेको छ । धर्मले मानिसलाई अन्धकारबाट उज्यालोतर्फ डोर्याउने, पापबाट सद्गुणतर्फ लैजाने, विभाजनबाट एकतामा बाँध्ने काम गरेको छ । ऋग्वेदका मन्त्रहरूदेखि महाभारतको गीता–उपदेशसम्म, बुद्धको करुणा–सन्देशदेखि नानकको समानता–शिक्षासम्म धर्मले सधैँ मानवलाई आत्मा र परमात्माको पवित्र सम्बन्ध सम्झाइरह्यो ।
तर आज समाजमा धर्म जुन रुपमा प्रस्तुत भइरहेको छ, त्यो धेरैलाई पीडादायी लाग्छ । आस्था भन्दा बढी व्यापार, साधनाभन्दा बढी प्रदर्शन, सेवा भन्दा बढी राजनीति । यी नै वर्तमान धर्मका यथार्थ चित्र हुन् ।
प्रश्न उठ्छ- के यो धर्म हो कि व्यापार ?
साँचो धर्म भनेको कुनै बाहिरी आवरण होइन । धर्म भनेको सत्यमा अडान, प्रेममा टिक्न सक्ने शक्ति र सेवामा आत्माअर्पण गर्ने भावना हो । धर्मले कहिल्यै मानिसलाई बाँड्दैन, बरु जोड्छ । धर्मले कहिल्यै भय देखाएर पैसा असुल्दैन, बरु करुणा र ज्ञान दिएर बन्दी भएर फसेको जीवनलाई मुक्त गर्छ । मुक्त बनेको जीवनलाई कल्याणको मार्गतिर डोर्याएर लैजान्छ ।
साधु र गुरु बनेकाहरुको छवि धेरै ठाउँमा बिग्रिरहेको छ । उनीहरु नै सम्पत्ति जोड्ने होडमा लागिरहेको पाइन्छ । राजनीतिक साम्राज्यसँग उनीहरुको ‘डिमाण्ड’ हुन्छ र त्यहाँ पनि हिस्सा खोजिरहको देखिन्छ ।
भगवद्गीता भन्छ- “स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः।” अर्थात्, धर्म भनेको आफ्नो सत्यमार्गमा अडिग रहनु हो । बुद्धले भने, “अप्प दीपो भव”- आफैँ उज्यालो बन्नु हो । यी सबैले दिएको साझा सन्देश एकै हो- धर्म प्रेम, सत्य र सेवा हो ।
तर वर्तमान समाजमा धर्म विकृत बनेको छ । मन्दिर र आश्रमहरू व्यावसायिक केन्द्र जस्तै बनेका छन् । भक्तिभाव भन्दा चन्दा र सम्पत्तिको हिसाब बढी हुन्छ ।
योग र साधना प्रचारप्रसार र विज्ञापनमा सीमित भएका छन् । आन्तरिक अनुभूति होइन, बाहिरी प्रदर्शनलाई प्राथमिकता दिइन्छ भने वास्तविक यथार्थको स्वरुपलाई दूषित गरिन्छ ।
साधु र गुरु बनेकाहरुको छवि धेरै ठाउँमा बिग्रिरहेको छ । उनीहरु नै सम्पत्ति जोड्ने होडमा लागिरहेको पाइन्छ । राजनीतिक साम्राज्यसँग उनीहरुको ‘डिमाण्ड’ हुन्छ र त्यहाँ पनि हिस्सा खोजिरहको देखिन्छ । अनुयायीहरूको श्रद्धा र श्रमलाई शोषण गर्ने प्रवृत्ति बढ्दो छ ।
परमेश्वरलाई सम्झाउने नाममा मानिसहरूलाई डर देखाएर, लोभ देखाएर, व्यापार गर्ने चलन व्यापक भएको छ । यसरी धर्मको नाममा गरिने नाटकले असली धर्मलाई अपमानित गरेको छ ।
धर्मको आधार अहंकार होइन, भक्ति र प्रेम हो । साँचो साधु–योगी भनेको त्यही हो, जसले त्याग गर्न सक्छ, जसले करुणालाई जीवनमा उतार्छ, जसले सत्यमा अडिग रहन सक्छ ।
वैराग्य भनेको संसारलाई त्याग्नु मात्र होइन, संसारमा रहेर पनि अहंकार, लोभ, मोह र माया जस्ता बन्धनहरूलाई त्याग्नु हो । परमेश्वरप्रेममा बाँधिएको आत्मा नै स्वतन्त्र हुन्छ ।
अहंकारले धर्मलाई खाइदिन्छ, तर प्रेमले धर्मलाई पुनः जीवित गराउँछ । यही कारण धर्मको नाममा लुट गर्नेहरू सधैँ पतनमा जान्छन्, तर भक्ति र सत्यमा अडिग रहनेहरू सधैँ अमर रहन्छन् ।
आज आवश्यक कुरा भनेको मानिसहरूलाई चेत जागरण गर्नु हो । भ्रमित नाटकीय अभिनयबाट बाहिर आउनु हो । धर्मको नाममा हुने व्यापार र पाखण्डबाट सचेत बन्नु हो । परमेश्वरलाई बाहिर होइन, आफ्नो अन्तरात्मामा खोज्नु हो ।
साधना, योग, सेवा र भक्ति यी सबै हृदयको पवित्र भावनाबाट मात्र शुद्ध हुन्छन् । सबै मानिसलाई समान दृष्टिले हेर्ने संस्कार जगाउनुहोस् । यही धर्मको साँचो शिक्षा हो ।
धर्म कुनै व्यापार होइन । धर्म समाज, संस्कार सभ्यता मानव, मानवबिचको सामूहिक सभ्यता र करुणाको मिलन हो । धर्म भनेको प्रेम हो, सत्य हो, सेवा हो ।
आज हामी सबैको कर्तव्य यही छ, पाखण्ड मेटाएर समाजमा प्रेम, सत्य, सेवा र भक्ति बढाउनु । परमेश्वरप्रेम नै अन्तिम सत्य हो, बाँकी सबै क्षणभङ्गुर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण