स्वर्ण बिन्दु प्राशन सुरक्षित र प्रभावकारी छ : नेपाल आयुर्वेद चिकित्सक संघ
सारांश
- नेपाल आयुर्वेद चिकित्सक संघले स्वर्णबिन्दु प्राशन बालबालिकाको स्वास्थ्यका लागि महत्त्वपूर्ण रहेको जनाएको छ।
- नेपाल पेडियाट्रिक सोसाइटीले अभियान स्थगित गर्न आग्रह गरेपछि संघले विज्ञप्ति जारी गरेको हो।
- संघले स्वर्णबिन्दु प्राशन हजारौँ वर्षदेखि नेपालमा अभ्यास हुँदै आएको सुरक्षित परम्परा भएको जनाएको छ।
काठमाडौँ । नेपाल आयुर्वेद चिकित्सक संघले स्वर्णबिन्दु प्राशन नेपालको हजारौँ वर्ष पुरानो र वैज्ञानिक आधार भएको दाबीसहित बालबालिकाको स्वास्थ्यका लागि महत्त्वपूर्ण रहेको जनाएको छ ।
स्वर्ण बिन्दु प्राशनको अभियान स्थगित गर्न नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) ले आग्रह गरेपछि बुधवार आयुर्वेद चिकित्सक संघले प्रेस विज्ञप्तिमार्फत यस्तो बताएको हो ।
वर्ष मुनिका करिब ५० हजारभन्दा बढी बालबालिकाहरूलाई स्वर्णबिन्दु प्राशन खुवाइएको र अहिलेसम्म कुनै पनि दुष्प्रभाव अर्थात् साइड इफेक्ड रिपोर्ट नआएको आयुर्वेद चिकित्सक सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्वर्णबिन्दु प्राशनले बालबालिकाको शारीरिक, मानसिक र रोग प्रतिरोधात्मक क्षमताको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने आयुर्वेदको एक स्थापित र प्रमाणित परम्परा रहेको संघले जनाएको छ ।
बुधवार संघका महासचिव डा. कोपिला अधिकारीद्वारा जारी विज्ञप्तिमा प्रमाणमा आधारित चिकित्सा अभ्यास प्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।
‘यस अभ्यासले उत्कृष्ट उपलब्ध वैज्ञानिक प्रमाण, क्लिनिकल विशेषज्ञता र बिरामीको मूल्य तथा प्राथमिकताहरूलाई एकीकृत गरी आयुर्वेदको वैज्ञानिक विकासमा जोड दिन्छ । यसको विषाक्तता अध्ययनले सिफारिस गरिएभन्दा धेरै गुणा बढी मात्रामा पनि यो सुरक्षित रहेको देखाएको छ,’ विज्ञप्ति उल्लेख छ ।
संघले स्वर्णबिन्दु प्राशन नेपालमा पुस्तौँदेखि चल्दै आएको एक महत्त्वपूर्ण सांस्कृतिक अभ्यास रहेको र यसलाई विश्व स्वास्थ्य संगठनले समेत परम्परागत चिकित्सालाई स्वास्थ्य प्रणालीमा एकीकृत गर्न दिएको सन्देशसँग जोड दिएको उल्लेख छ ।
‘स्वर्णबिन्दु प्राशन हजारौँ वर्षदेखि नेपालमा अभ्यास हुँदै आएको एक सुरक्षित र प्रभावकारी परम्परा हो । हामी यसलाई आधुनिक विज्ञानको कसीमा पनि प्रमाणित गर्न तयार छौँ र भ्रामक प्रचारबाट मुक्त गर्न सबैलाई आग्रह गर्दछौ,’ विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण