राजधानीबाट ९ जना जुवाडे पक्राउ
सारांश
- काठमाडौंको वनस्थलीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ।
- प्रहरीले उनीहरुको साथबाट २ लाख २१ हजार रुपैयाँ र तासका बुक बरामद गरेको छ।
- पक्राउ परेका व्यक्तिहरूमा काठमाडौं, ललितपुर, गुल्मी र रामेछापका मानिसहरू छन्।
काठमाडौँ । काठमाडौँको वनस्थली अन्नपूर्ण चोक नजिक जुवा तास खेलिरहेको अवस्थामा नौ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गत भदौ १० गते साँझ करिब ६ बजे जुवा तास खेलाइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूबाट नगद दुई लाख २१ हजार एक सय ४५ रुपैयाँ र तासका १० बुक बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा काठमाडौंका श्यामकृष्ण महर्जन, राजेश महर्जन, अमर महर्जन, गोपाल तण्डुकार, सानुकाजी महर्जन र राजु नापितसहित ललितपुरका पूर्णबहादुर थापा, गुल्मीका प्रदीप पाण्डे र रामेछापका खेमबहादुर थापा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपील राज बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण