प्रधानमन्त्री ओली पाँच दिने चीन भ्रमणमा जाँदै, को–को हुँदैछन् सहभागी ?
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जाने भएका छन्।
- भ्रमणमा प्रधानमन्त्री ओलीले एससीओ शिखर सम्मेलन र ८०औँ वार्षिकोत्सव कार्यक्रममा भाग लिनेछन्।
- भ्रमणका क्रममा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति र उपराष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा यही अगस्ट ३० देखि सेप्टेम्बर ३ (भदौ १४ देखि १८)सम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री अोली शाङ्घाई सहयोग सङ्गठन (एससीओ) २०२५ शिखर सम्मेलन तथा चीनको जापानी आक्रमणविरुद्धको जनयुद्ध र विश्व फासीवाद विरोधी युद्ध विजयको ८० औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग तिआन्जिनमा भेटवार्ता हुने तय भएको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीले सेप्टेम्बर १ मा तिआन्जिनमा आयोजना हुने “एससीओ प्लस“ शिखर सम्मेलनलाई सम्बोधन गर्नुको साथै सो अवसरमा सहभागी अन्य मुलुकका राष्ट्र–प्रमुखहरूसँग पनि द्विपक्षीय भेटवार्ता हुने सम्भावना रहेको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले सेप्टेम्बर २ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।त्यस्तै सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ विजय दिवसका विभिन्न स्मृति कार्यक्रममा समेत प्रधानमन्त्री ओली सहभागी हुने मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीसँगै उनकी श्रीमती राधिका शाक्य पनि सहभागी हुनेछिन् ।
त्यस्तै प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा शिक्षामन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, सांसद पूर्णबहादुर खड्का, सांसद छविलाल विश्वकर्मा, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा र उच्च पदस्थ सरकारी अधिकारीहरू रहने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण