‘मेरो गोविन्दा केवल मेरो हो’
सारांश
- गणेश चतुर्थीको अवसरमा अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहुजा सँगै देखिएका छन्।
- सुनीताले सम्बन्ध विच्छेदको हल्लालाई अस्वीकार गर्दै गोविन्दा मेरो हो, अरु कसैको होइन भनिन्।
- गोविन्दाले आमाबुबाको आशीर्वादले नै जीवनमा सफलता पाएको बताए।
मुम्बई । बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहुजाबिच सम्बन्ध विच्छेदको हल्ला चलिरहेका बेला उनीहरू गणेश चतुर्थीको अवसरमा सँगै देखिएका छन्।
सो अवसरमा मिडियासँग कुरा गर्दै सुनीताले भनिन्, ‘यदि केही भएको भए हामी आज यति नजिकै हुने थिएनौँ। मेरो गोविन्दा केवल मेरो हो, कसैको होइन। जबसम्म हामी आफैँले केही नभनेसम्म कृपया यस्ता कुरा नगर्नुहोस्।”
त्यस्तै गोविन्दाले भने, ‘जति पनि पाएको छु, आमा–बुबाको आशीर्वादले पाएको छु। जीवनमा नम्बर १ बन्न चाहिन्छ भने सधैँ आमा–बुबाको सेवा गर्नुपर्छ।”
गत अगस्ट २२ देखि गोविन्दा र सुनिताबिच सम्बन्ध विच्छेदको हल्ला चलेको थियो। केही मिडिया रिपोर्टअनुसार सुनीताले डिसेम्बर २०२४ मा बान्द्रा फ्यामिली कोर्टमा केस दायर गरेको दाबी गरिएको थियो।
तर गोविन्दाका म्यानेजर, वकिल र छोरी टिनाले पनि यो सबैलाई हल्ला मात्रै भन्दै खारेज गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण