मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

के फिल्म ‘पारस’ भुवनले छाडेका हुन् ?

बिहीबार, १२ भदौ २०८२, ११ : ०४
बिहीबार, १२ भदौ २०८२

सारांश

  • अभिनेता भुवन केसीले ६ वर्षअघि घोषणा गरेको फिल्म 'पारस' अब निर्देशक कृषा चौँलागाईंले बनाउने भएकी छन्।
  • कृषाले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएकी छन्, किनकि भुवन केसीले यो फिल्म बनाउन सकेनन्।
  • सुरुमा माधव वाग्लेले निर्देशन गर्ने भनेका थिए, तर पछि भुवन केसीले फिल्मको स्वामित्व लिए र सिमोस सुनुवारलाई निर्देशक बनाए।

काठमाडौँ । अभिनेता भुवन केसीले ६ वर्ष अगाडि निर्माण गर्ने घोषणा भएको फिल्म हो ‘पारस’ । यो फिल्म अहिले निर्देशक कृषा चौँलागाईंले बनाउने भएकी छन् । जसका लागि उनले हालै चलचित्र विकास बोर्डबाट निर्माण इजाजत समेत लिएकी छन् । 

सुरुमा यो नामबाट फिल्म निर्माता माधव वाग्लेले आफैँले निर्देशन गर्ने गरी घोषणा गरेका थिए । मुख्य भूमिकामा अभिनेता अनमोल केसीलाई लिइएको थियो । घोषणा भएको केही समयपछि फिल्मको सम्पूर्ण स्वामित्व अभिनेता भुवन केसीलाई दिएर निर्माता वाग्ले फिल्मबाट अलग भएका थिए । उनी बाहिरिएपछि भुवनले फिल्मको निर्देशकमा सिमोस सुनुवारलाई भित्र्याएका थिए ।

तर ५ वर्ष बढी समय भइसक्दा पनि भुवनले फिल्म बनाउन सकेनन् । न उनले विकास बोर्डमा फिल्मको नाममै रिन्यु गरे । चलचित्र विकास बोर्डमा उक्त नाम नवीकरण नगरिएको पाइएपछि कृषाले दर्ता गराएकी हुन् ।

फिल्मको यतिबेला भारतमा स्क्रिप्ट लेखनको काम भइसकेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप