ओलीको सचिवालयले भन्यो– विद्याबारे नबोलेको कुरा प्रचार गरियो
सारांश
- प्रधानमन्त्री ओलीले विद्या भण्डारीसँग जोडेर आएका समाचारको खण्डन गर्दै भ्रामक कुरा बाहिर ल्याइएको बताए।
- ओलीले पार्टीको हित विपरीत व्यक्तिगत स्वार्थमा लाग्दा आन्दोलनलाई क्षति पुगेको र पार्टीको नीतिबारे धारणा राखे।
- सचिवालयले पूर्व राष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा आउने प्रयासले पार्टी एकतामा सहयोग नगर्ने जनायो।
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधवार पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्व सन्ध्यामा काठमाडौँका प्रतिनिधिहरूसँगको अनौपचारिक छलफल र भेटघाटबारे व्यक्त भनाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग जोडेर सार्वजनिक समाचारहरूको खण्डन गरेको छ ।
सचिवालयले बिहीबार प्रेस नोट जारी गर्दै उक्त अनौपचारिक कार्यक्रममा ओलीले व्यक्त गरेका भनाइलाई हवाला दिएर कतिपय अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषित सूचना र समाचारका सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको हो ।
‘काठमाडौँका प्रतिनिधिसँग अध्यक्ष ओलीले बोल्दै नबोलेका ‘एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन, विद्याले छाडे सबै मिल्छ’ जस्ता भ्रामक र मनगढन्ते विषयहरू स्वार्थपूर्णरुपमा बाहिर ल्याइएको देखिएको छ’, सचिवालयले भनेको छ । स्मरण रहोस्, एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले ओलीले व्यक्त गरेका धारणा बुँदागत रूपमा सार्वजनिक गरेको दाबी गरेका छन् ।
‘भेटघाटमा अध्यक्ष ओलीले नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक र सङ्घर्षपूर्ण विगतको पृष्ठभूमि, पार्टीको हित विपरीत व्यक्तिगत स्वार्थमा लाग्दा आन्दोलनलाई हुन पुगेका क्षति, अहिले पार्टीले लिएको नीति र पार्टीको केन्द्रीय कमिटीको पछिल्लो निर्णय, सरकारले विकास र सुशासनका लागि गर्दै आएका सकारात्मक काम लगायत विषयमा आफ्नो दृष्टिकोण राख्नुभएको थियो’, अध्यक्ष ओलीको सचिवालयले प्रस्ट पारेको छ ।
साथै सचिवालयले पूर्व राष्ट्रपति भण्डारीलाई आफूले जति सम्मान र माया अरू नेताले नगरेको र अहिले पार्टी तर नेतृत्वको विरोध गर्ने ठाउँमा उहाँ कसरी पुग्नुभयो भन्ने आश्चर्यमा परेको जनाएको छ ।
‘पूर्व राष्ट्रपति भण्डारीले पार्टीमा विधिपूर्वक रूपमा सदस्यता प्राप्तिको बाटो नलिएर मिडिया र अरू अरू पार्टीका नेताहरूसँग भेटेर सक्रिय राजनीतिमा आउने कुरा गर्नुभयो’, छलफलमा ओलीले भनेको कुरा उद्धृत गर्दै सचिवालयले भनेको छ, ‘यस्ता गतिविधिले पार्टीको लक्ष्य र आन्तरिक एकतामा सहयोग पुग्दैन र उहाँ त्यसरुपमा आएर पार्टीको एकतालाई भड्काउन हुँदैन भन्ने पार्टीका आम साथीहरूलाई लागेको छ र केन्द्रीय कमिटीले त्यसअनुसार उहाँलाई सदस्यता दिँदा उहाँ र आन्दोलनको सम्मानमा आँच पुग्ने निष्कर्ष हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
-
शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक
-
विप्लव समूहबाट बाहिरिएका नेताहरूको नेतृत्वमा नेकपा पुनर्गठन, रुपन्देहीमा शरद वली इन्चार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण