ललितपुरमा बँदेललाई थापेको पासोमा परेर ५० वर्षीय पुरुष घाइते
बिहीबार, १२ भदौ २०८२, ११ : ५३
सारांश
- ललितपुरको बागमती गाउँपालिकामा बँदेललाई थापेको पासोमा परेर एक जना घाइते भएका छन्।
- घाँस काट्न जाँदा ५० वर्षीय मान बहादुर जिम्बा पासोमा परेर घाइते भएको एसपी चक्रराज जोशीले बताए।
- जिम्बाको घुँडामा चोट लागेको छ र उनको उपचार पाटन अस्पतालमा भइरहेको छ।
काठमाडौँ । ललितपुरको बागमती गाउँपालिका वडा नम्बर–३ मा बँदेललाई थापेको पासोमा परेर एक जना घाइते भएका छन् ।
मकैबारीमा थापेको पासोमा परेर बिहीबार बिहान ५० वर्षीय मान बहादुर जिम्बा घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए ।
जिम्बालाई उपचारको लागी पाटन अस्पतालमा भर्ना गरिएको छ । बारीमा घाँस काट्न जाँदा उनी पासोमा परेका हुन् ।
उनको घुँडामा चोट लागेको छ । छिमेकी कृष्ण भोलनले थापेको पासोमा उनी परेको बताइएको छ । घटनाबारे प्रहरी वृत्त चापागाउँले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण