काठमाडौँ महानगरपालिकामा नेपाल टेलिकमको ‘कर्पोरेट प्याकेज’ लागू हुने
सारांश
- काठमाडौँ महानगरपालिकाले वडा कार्यालय र मातहतका कार्यालयहरूमा इन्टरनेट सेवा स्तरोन्नति गर्ने भएको छ।
- महानगरले डेडिकेटेड लिज लाइनको सट्टा नेपाल टेलिकमको कर्पोरेट प्याकेज जडान गर्ने निर्णय गरेको छ।
- सूचना प्रविधि विभागका अनुसार इन्टरनेट सुदृढ बनाउन टेलिकमको कर्पोरेट प्याकेज जडान गरिनेछ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सम्पूर्ण वडा कार्यालय र मातहतका कार्यालयहरूमा इन्टरनेट सेवाको स्तरोन्नति गर्ने भएको छ । महानगरले हाल प्रयोग भइरहेको ’डेडिकेटेड लिज लाइन’ को सट्टा नेपाल टेलिकमको ’कर्पोरेट प्याकेज’ जडान गर्ने निर्णय गरेको छ ।
महानगरपालिकाको सूचना प्रविधि विभागले जारी गरेको पत्रानुसार महानगरपालिकाको सूचना प्रविधि समिति र नेपाल टेलिकमका अधिकारीहरु बीच छलफल पछि साउन २७ निर्णय भएको हो ।
महानगरपालिकाको सूचना प्रविधि विभागका विभागीय प्रमुख अनिरुद्र नेपालका अनुसार ‘महानगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा विगत देखि डेडिकेटेड लिज लाइन प्रयोग हुँदै आएकोमा इन्टरनेटलाई थप सुदृढ र प्रभावकारी बनाउनका लागि टेलिकमको कर्पोरेट प्याकेज जडान गर्ने निर्णय भएको हो ।
नेपाल टेलिकमका प्रतिनिधि र महानगरपालिकाको सूचना प्रविधि विभागका कर्मचारीहरू उक्त प्याकेज जडानका लागि महानगरका सबै कार्यालयहरूमा खटिने भन्दै विभागले परिपत्र गरेको हो ।
महानगरपालिकाले आफ्ना सबै वडा कार्यालय, स्वास्थ्य प्रवर्धन केन्द्र र आयोजना कार्यालयहरूलाई कर्पोरेट प्याकेज जडान गर्न सहजीकरणको लागि पत्र पठाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन बन्यो फिफा विश्वकप २०२६ को विश्वविजेता, अतिरिक्त समयको गोलमा अर्जेन्टिना स्तब्ध
-
अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
-
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन
-
९० मिनेटमा भएन गोल: खेल ३० मिनेटको अतिरिक्त समय, १० खेलाडीमा सीमित अर्जेन्टिनाको परीक्षा
-
इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित
-
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण