गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण
सारांश
- संयुक्त राष्ट्रसङ्घका मानव अधिकार विज्ञहरूले राफाहमा खाद्य सामग्री लिन गएका व्यक्तिहरूलाई बेपत्ता पारिएकोमा चिन्ता व्यक्त गरेका छन्।
- विज्ञहरूले इजरायली सेनालाई बेपत्ता पार्ने कार्यमा संलग्न भएको आरोप लगाएका छन्, साथै बेपत्ता पारिएकाहरूको अवस्थाबारे जानकारी दिन माग गरेका छन्।
- गाजामा भोकमरी घोषणा भइसकेको र इजरायलले मानवीय सहायतामा अवरोध गरेको आरोप छ, जसले गर्दा सहायता लिन गएकाहरू बेपत्ता हुने जोखिम बढेको छ।
जिनेभा। संयुक्त राष्ट्रसङ्घका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा रहेको राफाहमा खाद्य सामग्री लिन गएका पीडितहरूलाई जबरजस्ती बेपत्ता पारिएको समाचारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरूले यस्तो कार्यलाई ‘निर्दयी र अमानवीय अपराध’ भन्दै तुरुन्त अन्त्य गर्न आग्रह गरे ।
सात जना स्वतन्त्र मानव अधिकार विज्ञहरूले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्,“आफ्नो आधारभूत अधिकार–भोजनको खोजीमा निस्केका सर्वसाधारणलाई लक्षित गरी बेपत्ता पारिएको खबर न केवल दुःखद छ, यो त यातनासँग बराबरको अपराध हो ।”
उनीहरूको भनाइमा,“भोकाको अवस्थामा रहेका सर्वसाधारणलाई लक्षित गरी जबरजस्ती बेपत्ता पार्ने कार्य तत्काल रोकिनुपर्छ ।”
विज्ञहरूको अनुसार, गाजामा खाद्य वितरणमा संलग्न रहेको गाजा मानवीय प्रतिष्ठान (एक निजी संस्था जुन इजरायल र अमेरिकाको सहयोगमा स्थापना गरिएको हो) का वितरण केन्द्रहरूबाट एक बालकसहित कैयौँ व्यक्तिहरू हराएको खबर आएको छ ।
उक्त विज्ञप्तिमा भनिएको छ, ‘इजरायली सैनिकहरू सहायता लिन आएका व्यक्तिहरूको बेपत्ता पार्ने कार्यमा सिधै संलग्न छन् ।” साथै,“राज्यका सुरक्षा निकायहरूले हिरासतमा लिएका व्यक्तिहरूको अवस्था र स्थानबारे कुनै जानकारी नदिएकोले यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन मानिन्छ ।”
विज्ञहरूका अनुसार,बेपत्ता पारिएका व्यक्तिहरूबारे जानकारी नदिनु, हिरासतको अस्वीकृति गर्नु र कानुनी प्रक्रिया नअपनाउनु जबरजस्ती बेपत्ता पारिएको अपराधमा पर्दछ ।
संयुक्त राष्ट्रसङ्घले गत साता गाजाको एक प्रमुख क्षेत्रमा भोकमरी घोषणा गरिसकेको छ । त्यसको दोष उहाँले मानवीय सहायता आपूर्तिमा गरिएको व्यवस्थित अवरोधमा लगाएका थिए ।
इजरायलले मार्चदेखि मे महिनासम्म गाजामा पूर्ण नाकाबन्दी गरेको थियो । त्यसपछिको चरणमा, संयुक्त राष्ट्रसङ्घका निकायहरूलाई पन्छाउँदै इजरायल र अमेरिकाको सहयोगमा गाजा मानवीय प्रतिष्ठान स्थापना गरिएको थियो, जसले खाद्य वितरणको कार्य सम्हालिरहेको छ ।
विज्ञहरूका अनुसार,“हवाई आक्रमण र दैनिक गोलीबारीका कारण ती केन्द्रहरूमा सयौँको ज्यान गइसकेको छ ।” गाजा मानवीय प्रतिष्ठानले निजी सुरक्षाकर्मीहरू मार्फत सुरक्षाको व्यवस्था गरिरहेको भए तापनि, त्यसले बेपत्ता पारिएका घटनाहरू रोकेका छैन ।
संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले गत साता मात्र जनाए अनुसार, गएको मे महिनाको अन्त्यदेखि हालसम्म एक हजार ८५७ जना फिलिस्तीनी सहायता लिन जाँदा मारिएका छन्, जसमध्ये एक हजार २१ जना गाजा मानवीय प्रतिष्ठानका नजिकै मारिएका हुन् ।
विज्ञहरूले चेतावनी दिँदै भनेका छन्,“अहिले यी वितरण केन्द्रहरूमा सहायता खोज्न जाने व्यक्तिहरू जबरजस्ती बेपत्ता पारिने थप जोखिममा परेका छन् ।”
उनीहरूले इजरायल सरकारलाई अपिल गरेका छन्,“पहिले नै सङ्कटमा परेका जनसंख्या विरुद्ध भइरहेको यस्तो घृणित अपराध तुरुन्त रोक्नुपर्छ ।”
त्यसैगरी, बेपत्ता पारिएका व्यक्तिहरूको अवस्थाबारे स्पष्ट जानकारी दिन, निष्पक्ष अनुसन्धान गर्न र दोषीमाथि कानुनी कारबाही गर्न आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण