बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत

शुक्रबार, १३ भदौ २०८२, १२ : ४४
शुक्रबार, १३ भदौ २०८२

सारांश

  • प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत भएको छ।
  • मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीसहितको भ्रमण स्वीकृत गरेको छ।

काठमाडौँ ।  प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले शनिबारबाट हुने प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । 

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सांघाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेको हो ।

विश्वकै ठुलो क्षेत्रीय सुरक्षा–आर्थिक सङ्गठनमध्ये एक मानिने यो सङ्गठनको शिखर सम्मेलन नेपालको उच्चस्तरीय उपस्थितिले नेपाल–चीन सम्बन्ध अझ मजबुत बनाउन तथा बहुपक्षीय सहकार्यमा नेपालको सक्रियता देखाउने महत्त्वपूर्ण अवसर हुने ठानिएको छ ।

भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ तथा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र सहभागी अन्य मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखबिच प्रधानमन्त्री ओलीको दुई पक्षीय भेटवार्ता तय भएको बुझिएको छ ।  प्रधानमन्त्रीको टोली भदौ १८ गते स्वदेश फर्कनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप