राष्ट्रपतिले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रतिनिधिसभामा पुनर्विचार गर्न पेस गरिने
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता पठाएका छन्।
- प्रतिनिधिसभामा उक्त विधेयक पेस गर्ने मिति तय भएको छ।
- भदौ १९ गतेको बैठकमा विधेयकमाथि पुनर्विचार गरिने प्रस्ताव प्रस्तुत हुनेछ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सन्देशसहित फिर्ता पठाएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९’ प्रतिनिधिसभामा पेस गर्ने मिति तय भएको छ ।
शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले भदौ महिनाका लागि तय गरेको क्यालेन्डरमा भदौ १९ गतेको बैठकमा विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका राखिएको छ ।
राष्ट्रपति पौडेलले साउन ८ गते प्रतिनिधिसभामा र राष्ट्रियसभाले पारित गरेर सभामुख देवराज घिमिरेले प्रमाणित गरी प्रमाणीकरणका लागि पठाएको विधेयक संसदमै फिर्ता पठाएका थिए । विधेयकका प्रावधानमा पुनर्विचारका लागि भन्दै पौडेलले विधेयक प्रतिनिधि सभामै फिर्ता पठाएको बताएका थिए ।
विधेयकमा गर्न खोजिएको संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधि सभामै फिर्ता गरिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको थियो ।
दुवै सदनबाट पारित भएको सो संशोधन विधेयक प्रमाणीकरणका लागि गएको असार ३१ गते राष्ट्रपति पौडेलसमक्ष पेस गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण