बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रहरी सहायक निरीक्षक भुजेलको निधन

शुक्रबार, १३ भदौ २०८२, १७ : ३०
शुक्रबार, १३ भदौ २०८२

सारांश

  • ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका असई इन्द्र भुजेलको निधन भएको छ।
  • ड्युटीमा निस्कने क्रममा बेहोस भई ढलेका भुजेललाई अस्पताल लैजाँदा मृत्यु भएको हो।
  • ४५ वर्षीय भुजेलको मृत्यु हृदयघातका कारण भएको अनुमान गरिएको छ, उनी झापाका बासिन्दा हुन्।

ताप्लेजुङ । यहाँस्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई)  इन्द्र भुजेलको निधन भएको छ ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार आज बिहान करिब ६ बजे ड्युटीका लागि निस्कने क्रममा भुजेल बेहोस भई ढलेका थिए । उनलाई तुरुन्तै जिल्ला अस्पताल लगिएकामा उपचारकै क्रममा निधन भएको डीएसपी गौतमले जानकारी दिए । 

४५ वर्षीय भुजेललाई हृदयघात भएको हुन सक्ने अनुमान गरिएको छ । उनको स्थायी घर झापाको धुलाबारी रहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप