बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विश्वभर बेपत्ताको सङ्ख्या बढ्दै गएको रेडक्रसको भनाइ

शुक्रबार, १३ भदौ २०८२, २३ : ०९
शुक्रबार, १३ भदौ २०८२

सारांश

  • रेडक्रसले १० लाखभन्दा बढी मानिस बेपत्ता भएको तथ्याङ्क सार्वजनिक गरेको छ, जुन ५ वर्ष पहिलेको तुलनामा ७०% बढी हो।
  • द्वन्द्व, आप्रवासन र युद्ध नियमको घट्दो सम्मानले यो वृद्धि भएको रेडक्रसको भनाइ छ, सुडानदेखि युक्रेनसम्म यो समस्या देखिएको छ।
  • आईसीआरसीले बेपत्ता व्यक्तिहरूको सूचीमा दर्ता भएकाहरूको संख्यामा वृद्धि भएको जनाएको छ, र यसले युद्धमा मानिसहरूको सुरक्षामा असफलतालाई संकेत गर्छ।

जेनेभा । रेडक्रसले १० लाखभन्दा बढी मानिस बेपत्ता भएको तथ्याङ्क शुक्रबार सार्वजनिक गरेको छ । यो पाँच वर्ष पहिलेको तुलनामा करिब ७० प्रतिशतले बढी हो ।

बढ्दो द्वन्द्व, व्यापक आप्रवासन र युद्धका नियमहरूप्रतिको घट्दो सम्मानका कारण यो वृद्धि भएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“सुडानदेखि युक्रेनसम्म, सिरियादेखि कोलम्बियासम्म यो प्रवृत्ति स्पष्ट छ । हराइरहेका व्यक्तिहरूको बढ्दो सङ्ख्याले द्वन्द्वरत पक्षहरू र उनीहरूलाई समर्थन गर्नेहरूले युद्धको समयमा मानिसहरूको सुरक्षा गर्न असफल भएका छन् भन्ने कुराको स्पष्ट झल्को दिन्छ,” आईसीआरसीका महानिर्देशक पियरे क्राहेनबुहलले भने । 

आईसीआरसीको फेमिली लिङ्क नेटवर्कले सन् २०२४ को अन्त्यसम्ममा करिब दुई लाख ८४ हजार ४०० व्यक्ति बेपत्ताको सूचीमा दर्ता गरेको छ, जुन सन् २०१९ को तुलनामा ६८ प्रतिशतले बढी हो ।

क्राहेनबुहलले चेतावनी दिँदै भने, “यो आकृति ‘हिमशैलको टुप्पो मात्र हो’।”

उनले भने, “विश्वभरि लाखौं मानिस आफ्ना प्रियजनहरूबाट अलग्गिएका छन् । उनीहरू प्रायः बर्सौँ वा दशकौँसम्म बेपत्ता छन्।”

क्राहेनबुहले भने ‘बेपत्ताको त्रासदी अवश्यम्भावी छैन । छुट्टिने क्रम रोक्न, थुनामा रहेकाहरूलाई संरक्षण गर्न र मरेकाहरूको उचित व्यवस्थापन गर्न कडा कदम चाल्दा अनगिन्ती परिवारहरू जीवनभरको पीडाबाट बच्न सक्छन् ।’ ‘हरेक सङ्ख्याको पछाडि आमा, बुबा, बच्चा वा भाइबहिनी छन् जसको अनुपस्थितिले एउटा घाउ छोड्छ जुन तथ्याङ्कले समेट्न पनि सक्दैन’ उनले थपे ।

युद्धको नियम

आईसीआरसीले सशस्त्र द्वन्द्वका राज्य र पक्षहरू बेपत्ता हुनबाट रोक्न, बेपत्ता व्यक्तिहरूको भाग्य स्पष्ट गर्न र परिवारहरूलाई सहयोग प्रदान गर्न प्राथमिक जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिएको  छ । 

प्रतिवेदनमा भनिएको छ, “राज्यहरूले हराएका व्यक्तिहरूको मुद्दालाई कसरी प्रतिक्रिया दिन्छन् भन्ने कुराले हिंसा समाप्त भएको लामो समयपछि समाजलाई आकार दिन सक्छ । यसले शान्ति निर्माण, मेलमिलाप र समुदायहरूको निको पार्ने क्षमतालाई प्रभावित गर्दछ।” 

राजनीतिक दलहरूले अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान गर्दा ‘बेपत्ता हुने जोखिम कम हुन्छ’ भन्ने कुरामा रेडक्रशले जोड दिएको छ ।

उदाहरणका लागि, युद्धका नियमहरूमा कब्जा गर्ने शक्तिद्वारा नागरिकहरूको स्थानान्तरण वा निकासीको क्रममा परिवारका सदस्यहरूलाई अलग्गै नराख्नुलाई  कर्तव्यका रूपमा समावेश गरेको छ र तिनीहरूले पक्षहरूले कैदीहरूको बारेमा समयमै जानकारी साझा गर्नुपर्ने र उनीहरूलाई आफन्तहरूसँग सम्पर्क कायम राख्न दिइनुपर्ने उल्लेख छ । 

विज्ञप्तिमा अगाडि भनिएको छ, “मृतक शत्रु लडाकुको हिसाब किताब गर्नुपर्ने बाध्यताले उनीहरूको अवस्थाबारे परिवारलाई थाहा हुन्छ तर उनीहरू बेपत्ता भएको रूपमा दर्ता नहुँदा उनीहरूको अवस्थाबारे परिवार बेखबर हुन बाध्य हुन्छन्।” 

आइसिआरसीले परिवारको सदस्यले मुद्दा दर्ता गर्ने बिन्दुबाट कसैलाई हराएको मान्दछ र जबसम्म परिवारले आफ्नो नातेदार फेला पारेको जानकारी दिँदैन उनीहरू सधैँ बेपत्ताको सूचीमा रहन्छन् । 

आईसीआरसीका अनुसार गत वर्ष १६ हजारभन्दा बढी व्यक्तिहरू फेला परेका थिए र सात हजारभन्दा बढीलाई उनीहरूको परिवारसँग पुनर्मिलन गरिएको थियो। 

आईसीआरसीका अनुसार यो अवधिमा करिब ९० हजार ५०० रेडक्रस सन्देशहरू प्रवाह गरिएको थियो र सम्पर्कका लागि लगभग २३ लाख फोन कलहरू सुविधाका लागि उपलब्ध गराइएको थियो किनकि ‘सबैलाई आफ्ना प्रियजनको भाग्य थाहा पाउने अधिकार छ’।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप