कैलालीमा लागूऔषधसहित पाँच जना पक्राउ
सारांश
- कैलाली प्रहरीले लागुऔषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ।
- पक्राउ परेकाहरुको साथबाट ४ किलो ६९० ग्राम चरेश र ४ ग्राम ९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।
- प्रहरीले धनगढी उपमहानगरपालिका र चुरे गाउँपालिकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो।
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट ४ किलो ६९० ग्राम चरेश र ४ ग्राम ९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।
विशेष सूचनाका आधारमा लागूऔषध व्युरो शाखा धनगढी, वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट एक जनालाई पक्राउ गरेको हो। बिर बहादुर रावलको साथबाट २ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, कैलाली चुरे गाउँपालिका–३ बाट मोहन मल्ललाई शंका लागि चेकजाँच गर्दा उनको मोबाइलको खोलभित्र लुकाइराखेको ५९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।
प्रहरीले धनगढी उपमहानगरपालिका–२ मिलनचोकस्थित जयराम होटल एण्ड लज रेष्टुरेन्टमा छापा मार्दा सो होटलका सञ्चालक राम बोहराको साथबाट ५ किलो ६९० ग्राम चरेश फेला पारी बरामद गरेको छ।
यस्तै, धनगढी उपमहानगरपालिका(१२ जुगेडाबाट प्रहरीले दुई जना युवालाई लागूऔषधसहित पक्राउ गरेको छ। विजय विक र प्रदीप रानाको साथबाट ७४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण