अवैध लागूऔषधसहित देशभरबाट १४ जना पक्राउ (अपडेट)
सारांश
- प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ।
- काठमाडौंको नागढुङ्गाबाट डाइजेपाम र अन्य लागूऔषधसहित एकजना पक्राउ परे।
- कैलाली र बाराबाट लागुऔषधसहित अन्य व्यक्तिहरू पक्राउ परेका छन्।
काठमाडौं । देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट सप्तरीका १९ वर्षीय रञ्जित मेहता डाईजेपाम, प्रोमेथाजिन र बुप्रेनोर्फिन गरी ३४०–३४० एम्पुलसहित पक्राउ परेका छन् । राजबिराजबाट काठमाडौं आउँदै गरेको बसमा चेकजाँच गर्दा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–६ नागेश्वर गल्लीबाट सिन्धुपाल्चोकका २३ वर्षीय सुरज रसाईली ट्रामाडोल १९० ट्याब्लेटसहित पक्राउ परेका छन् ।
बाँकेको खजुराबाट बर्दियाका २० वर्षीय प्रसान्त चौधरी र गुलरियाका २२ वर्षीय निरज परियार ४०० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ परे भने सुनसरीको इनरुवाबाट मोरङका २८ वर्षीय हेमराज विक ४ ग्राम ५० मिलिग्राम सोही पदार्थसहित पक्राउ परेका छद्द् ।
भोजपुर नगरपालिका–९ बाट रिजन श्रेष्ठ र सनुप राई १५ ग्राम ६५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिकामा छुट्टाछुट्टै घटनामा ३५ वर्षीय बिरबहादुर रावल, ३२ वर्षीय मोहन मल्ल, २३ वर्षीय बिजय विक र २२ वर्षीय प्रदिप राना खैरो हेरोइनजस्तो देखिने विभिन्न परिमाणका पदार्थसहित पक्राउ परेका छन् । यस्तै, धनगढीमै होटल सञ्चालक ३२ वर्षीय राम बोहरा चरेशजस्तो देखिने ५ किलो ६९० ग्राम पदार्थसहित पक्राउ परेका छन् ।
बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–२ बाट रीता देवी यादव करिब १३८ किलो ७ सय ग्राम गाँजासहित पक्राउ परेकी छन् ।
त्यसैगरी बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट २६ वर्षीय राम चौधरी ९८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ परेका छन् ।
प्रहरीले पक्राउ परेका सबैलाई लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण