वीरगन्ज पुगेर गृहमन्त्री लेखकले भने ‘महामारीको रोकथामका लागि नेपाली सेनालाई पनि खटाइन्छ’
सारांश
- गृहमन्त्री रमेश लेखकले पर्सामा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गर्ने बताए।
- हैजा नियन्त्रणका लागि सरकार गम्भीर रहेको र आवश्यक जनशक्ति तथा औषधि उपलब्ध गराइने गृहमन्त्रीको भनाइ छ।
- नारायणी अस्पतालमा ३६८ जना सङ्क्रमितमध्ये ३१२ जना निको भइसकेका छन्, ५६ जना उपचाररत छन्।
वीरगन्ज । गृहमन्त्री रमेश लेखकले पर्सा जिल्लामा फैलिएको हैजा महामारी नियन्त्रणका लागि नेपाली सेनासहित तीनै सुरक्षा निकायका जनशक्ति खटाइने बताएका छन्। शनिबार अबेर राति वीरगन्जको नारायणी अस्पतालमा हैजा सङ्क्रमित बिरामी भेटघाटपश्चात् आयोजित ब्रिफिङ कार्यक्रममा उनले महामारी नियन्त्रणका लागि सरकार गम्भीर रहेको स्पष्ट पारेका हुन्।
गृहमन्त्री लेखकका अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट मेडिकल फिल्डका जनशक्ति पठाउने तयारी भएको छ। उनले अस्पताल प्रशासनलाई आवश्यक परे तुरुन्तै थप जनशक्ति र औषधि उपलब्ध गराइने पनि आश्वासन दिए।
‘नागरिकको जीवन जोगाउन कुनै कमी हुन दिन्नौँ। तपाईँलाई थप जनशक्ति वा औषधि आवश्यक भए तत्काल उपलब्ध गराइन्छ,’ गृहमन्त्री लेखकले भने। उनले हैजा पुर्णरुपमा नियन्त्रणमा ल्याउन सरकारले विशेषज्ञहरूसँग सल्लाह गरेर मूल कारण पहिचान गर्नुपर्नेमा पनि जोड दिए।
गृहमन्त्री लेखकले अस्पतालको इमरजेन्सी, आइसियु र जनरल वार्डमा उपचाररत संक्रमितहरुसँग उपचारको अवस्थाबारे जानकारी लिए। उनीसँगै कानुन मन्त्री अजयकुमार चौरसिया, खानेपानी मन्त्री प्रदीप यादव र पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरु भेटघाटमा सहभागी थिए।
नारायणी अस्पतालका मेसु चुमनलाल दासले ९ दिनमा कुल ३६८ जना सङ्क्रमित भर्ना भएको जानकारी गराएका थिए। तीमध्ये ३१२ जना निको भई घर फर्किसकेको र हाल ५६ जना उपचाररत रहेको बताए। आइसियुमा रहेका ५ मध्ये ३ जनालाई डायलासिस गरिएको पनि उनले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण