शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रचण्ड आज रुपन्देही आउँदै , के–के छन् कार्यक्रम ?

आइतबार, १५ भदौ २०८२, ०८ : ५४
आइतबार, १५ भदौ २०८२

सारांश

  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रुपन्देही आउने भएका छन् र शहीद राम प्रसाद बन्जाडेको सालिक अनावरण गर्ने कार्यक्रम छ।
  • प्रचण्डले भैरहवामा ओर्लिएर १० बजे शहीद स्मृति प्रतिष्ठानमा बन्जाडेको सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ।
  • बन्जाडे माओवादी सशस्त्र विद्रोहमा संलग्न थिए र २०७८ सालमा सडक दुर्घटनामा उनको निधन भएको थियो।

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुपन्देही आउने भएका छन् ।

माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सुदर्शन बरालका अनुसार प्रचण्डले आइतबार बिहान १० बजे शहीद स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित विशेष समारोहमा स्व राम प्रसाद बन्जाडे ‘टङ्कमणि’को सालिक अनावरण गर्ने कार्यक्रम रहेको रातोपाटीलाई बताए ।

उनले प्रचण्ड ९ बजे भैरहवा आउने र त्यसपछि रुपन्देही कार्यक्रम सहभागी हुने बताए । सोही अवसरमा ‘टङ्कमणि स् एक क्रान्तिविज’ नामक पुस्तकको विमोचनसमेत प्रचण्डबाट हुने छ । 

माओवादीले सुरु गरेको सशस्त्र विद्रोहको सुरुवातदेखि नै भूमिगत रहेर काम गरेका बन्जाडे २०७८ साल मङ्सिर ८ गते सडक दुर्घटनामा परि ५५ वर्षको उमेरमा ज्यान गुमाएका थिए । बन्जाडे माओवादी केन्द्रका केन्द्रीय सदस्य मात्र नभई लामो समयदेखि रुपन्देहीका इन्चार्जको जिम्मेवारी बहन गर्दै आएका नेता थिए ।

पार्टी र जनआन्दोलनका क्रममा दिएको योगदानको स्मरण स्वरूप सहिद स्मृति प्रतिष्ठान रुपन्देहीमा माओवादी केन्द्र रुपन्देहीले उनको सालिक निर्माण गरेको छ । उनको सालिक अनावरण र जीवन कथामूलक पुस्तक विमोचन गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ ।

प्रचण्डले माओवादी केन्द्रको प्रदेश कमिटी बैठकको बुटवल बेलवासमा हुने बैठक पनि सम्बोधन गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप