एउटै मञ्चमा सहभागी हुन चीन पुगे नरेन्द्र मोदी र शाहबाज शरीफ
सारांश
- एससीओ शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ तियानजिन पुगेका छन्।
- प्रधानमन्त्री शरीफले एससीओ बैठक र बेइजिङमा दोस्रो विश्वयुद्धको वार्षिकोत्सव समारोहमा भाग लिने बताए।
- एससीओको स्थापना २००१ मा चीन, रुस र मध्य एसियाली देशहरूले गरेका थिए, भारत र पाकिस्तान २०१७ मा सदस्य बने।
बेइजिङ । चीनको तियानजिनमा अगस्ट ३१ देखि सेप्टेम्बर १ सम्म हुन गइरहेको सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागिता जनाउन सदस्य देशका धेरै नेताहरू तियानजिनमा पुगेका छन् ।
यस क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ पनि तियानजिन पुगे । चीन पुगेपछि मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका थिए कि उनी अब एससीओको बैठकको प्रतीक्षामा छन् र विभिन्न देशका नेताहरूसँग भेटघाट गरिरहेका छन् ।
उता, शरीफले पनि प्रस्थान गर्नुअघि एक्समा मा पोष्ट गर्दै ‘म तियानजिनमा हुने एससीओ बैठक र बेइजिङमा दोस्रो विश्वयुद्धमा फासीवादमाथि विजयको ८० औं वार्षिकोत्सव समारोहमा भाग लिनेछु’ भनेर लेखेका थिए ।
आफूले चिनियाँ राष्ट्रपति सी जिनपिङ र अन्य विश्व नेताहरूलाई भेट्न पर्खिरहेको छु ताकि चीन र अन्य देशहरूसँगको सम्बन्ध बलियो बनाउन सकियोस्, क्षेत्रीय सहयोग बढाउन सकियोस् र शान्ति र प्रगतिको लागि सँगै काम गर्न सकियोस् भनेर पोस्टमा उनले लेखेका थिए ।
के हो एससीओ ?
एससीओको स्थापना २००१ मा चीन, रुस र कुनै बेला सोभियत संघका हिस्सा रहेका चार एसियाली देशहरू काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्बेकिस्तानले मिलेर गरेका थिए ।
यसको उदय १९९६ मा सीमालाई लिएर रुस, चीन र यी मध्य एसियाली देशहरू बिच एउटा सम्झौता भएसँगै भएको थियो । यसलाई ‘शाङ्घाई पाँच’ सम्झौता भनिन्थ्यो । भारत र पाकिस्तान २०१७ मा यस संस्थामा सामेल भए । इरान २०२३ मा यसको सदस्य बन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण