दुर्गा प्रसाईँसहित ५० जनाविरुद्धको मुद्दामा अन्तिम सुनुवाइको लागि पेसी तोकियो
सारांश
- चैत १५ गते तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईंसहित ५० जनाविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतमा पेसी तोकिएको छ।
- जिल्ला सरकारी वकिल कार्यालयले प्रसाईंसहितलाई राजद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको थियो।
- हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई किच्ने गरी गाडी चलाएका थिए भने समर्थकले तोडफोड, आगजनी र लुटपाट गर्दा दुई जनाको ज्यान गएको थियो।
काठमाडौँ । राजावादी आन्दोलनका क्रममा चैत १५ को तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईँसहित ५० जनाविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका जिल्ला अदालत काठमाडौँमा पेसी तोकिएको छ । न्यायाधीश उमानाथ गौतमको इजलासमा सुनुवाइका लागि पहिलो नम्बरमै पेसी तोकिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले राजद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, र सङ्गठित अपराध लगायतको कसुरमा दुर्गा प्रसाईँसहितलाई मुद्दा दायर गरेको थियो ।
यसअघि जेठ ३० मा न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएकामध्ये जम्मा ७ जनालाई थुनामा पठाउन आदेश गरेको थियो । सो उपर प्रसाईँसहित चार जना उच्च अदालत पुगेका थिए । उच्चले धरौटीमा छाड्न आदेश दिएपछि प्रसाईँ रिहा भएका थिए ।
राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईँले प्रहरीलाई किच्ने गरी गाडी कुदाएका थिए । उनका समर्थकहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्रमा ढुंगामुढा, आगजनी, तोडफोड र लुटपाट गरेका थिए । हिंसात्मक घटनामा परी एकजना पत्रकारसहित दुईजनाको ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण