रुपन्देहीमा दिवंगत माओवादी नेता टंकमणिको सालिक अनावरण
आइतबार, १५ भदौ २०८२, १२ : ११
सारांश
- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुटवलमा रामप्रसाद बन्जाडेको शालिक अनावरण गरे।
- बन्जाडे माओवादी सशस्त्र विद्रोहको सुरुवाती चरणदेखि नै भूमिगत रही काम गरेका थिए र उनको २०७८ मा दुर्घटनामा निधन भयो।
- माओवादी केन्द्र रुपन्देहीले बन्जाडेको योगदानको स्मरण गर्दै शालिक निर्माण गरेको हो, र प्रचण्डले पुस्तक विमोचन गरे।
बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुटवलमा स्व.रामप्रसाद बन्जाडे ‘टंकमणि’ को सालिक अनावरण गरेका छन् । अध्यक्ष प्रचण्डले आइतबार बन्जाडेको सालिक अनावरण गरेका हुन् ।
माओवादीले सुरु गरेको सशस्त्र विद्रोहको सुरुवात देखि नै भूमिगत रहेर काम गरेका बन्जाडेले २०७८ साल मङ्सिर ८ गते सडक दुर्घटनामा परि ५५ वर्षको उमेरमा ज्यान गुमाएका थिए ।
बन्जाडे त्यसबेला माओवादी केन्द्रका केन्द्रीय सदस्य र रुपन्देही जिल्लाको इन्चार्जको जिम्मेवारीमा थिए । पार्टी र जनआन्दोलनका क्रममा दिएको योगदानको स्मरण स्वरूप माओवादी केन्द्र रुपन्देहीले उनको सालिक निर्माण गरेको हो ।
सोही क्रममा अध्यक्ष प्रचण्डले ‘टंकमणि : एक क्रान्तिविज’ नामक पुस्तकको विमोचन समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण