शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटोफिचर

कागे अष्टमी पर्व : हनुमानढोकास्थित कागेश्वरी महादेवमा श्रद्धालुहरूको भीड

आइतबार, १५ भदौ २०८२, १३ : ०९
आइतबार, १५ भदौ २०८२

सारांश

  • कागेश्वरी महादेव मन्दिरमा कागे अष्टमीको अवसरमा भक्तजनको भीड लागेको छ।
  • वर्षमा एकपटक मात्र खुल्ने मन्दिरमा पूजाआजा र दर्शनका लागि भक्तजनको लाम लागेको थियो।
  • कागेश्वरी महादेवको दर्शन गर्नाले काग दोष हट्ने र हरियो मकै चढाउँदा कागले नखाने धार्मिक विश्वास छ।

काठमाडौँ । भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व पारेर आज राजधानीको हनुमानढोकास्थित कागेश्वरी महादेव मन्दिरमा श्रद्धालुहरूको ठुलो भीड लागेको छ।

kageshwori mahadev (1)

वर्षमा एक दिन मात्र खुल्ने यो मन्दिरमा बिहानैदेखि पूजा–आराधना र दर्शन गर्न भक्तजनहरूको लामबद्ध भीड देखिएको छ। कागेश्वरी धाममा पुग्न नसक्नेहरूले हनुमानढोकामा रहेको यस कागेश्वरी मन्दिरमा पूजा अर्चना गर्ने परम्परा रहिआएको छ।

kageshwori mahadev (2)

धार्मिक विश्वास अनुसार, यस दिन कागेश्वरी महादेवको दर्शन गर्दा वर्षदिनसम्म कागले छोएको वा अन्य ‘काग दोष’ हट्ने मान्यता छ। साथै, आजको अवसरमा हरियो मकै चढाएमा बारीमा लगाएको मकै कागले नखाने विश्वास गरिएको छ।

kageshwori mahadev (3)

कागे अष्टमी पर्वमा मन्दिरमा दर्शन गर्नेहरूले शान्ति, सुख–समृद्धि र दोष नाशको कामना गर्ने परम्परा रहेको छ।

kageshwori mahadev (5)kageshwori mahadev (6)kageshwori mahadev (7)kageshwori mahadev (8)kageshwori mahadev (9)kageshwori mahadev (10)kageshwori mahadev (11)kageshwori mahadev (12)kageshwori mahadev (13)kageshwori mahadev (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप