आवतजावत रोकिएका ८ सडक सरकारले तत्काल खुलाउने
सारांश
- कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बाढीपहिरोले अवरुद्ध सडक तत्काल खुलाउन निर्देशन दिएका छन्।
- सहरी विकास मन्त्रालयमा बसेको बैठकमा नागरिकलाई समस्या नहोस् भनेर तत्काल काम गर्नुपर्ने बताए।
- हाल ८ वटा सडक बाढीपहिरोका कारण अवरुद्ध छन्, जसलाई खुलाउने तयारी भइरहेको छ।
काठमाडौँ । बाढी पहिरोका कारण अवरुद्ध ८ सडक सरकारले तत्काल खुलाउने भएको छ । कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले बाढी पहिरोका कारण अवरुद्ध बनेका सडक खुलाएर तत्काल आवतजावत सहज बनाउन निर्देशन दिएका हुन् ।
आज सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा बसेको बैठकमा उहाँले सडक अवरुद्ध हुँदा नागरिकलाई समस्या हुने भन्दै तत्कालै समस्या आएका ठाउँमा समाधान गर्नेगरी काम गर्नुपर्ने बताए ।
बैठकमा गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी प्रतिकार्य शाखाले वर्षाका कारण अवरुद्ध हुन पुगेका सडकहरूबारे तयार गरेको विवरण कार्यवाहक प्रधानमन्त्री सिंहलाई जानकारी गराइएको थियो ।
हाल पासाङल्हामु राजमार्ग अन्तर्गत रसुवा गोसाईंकुण्ड गाउँपालिका २ टिमुरे, अरनिको राजमार्गअन्तर्गत भोटेकोसी गाउँपालिका–२ कोदारी र घट्टेखोला, बेनि जोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गाउँपालिका दुई खोलीमा सडक अवरुद्ध छ ।
त्यस्तै, घोराही थवाङ सहिद मार्गअन्तर्गत त्रिवेणी गाउँपालिका, भेरी करिडोर अन्तर्गत त्रिपुरा सुन्दरी नगरपालिका छलघाट, कर्णाली राजमार्ग अन्तर्गत शुभकालीन गाउँपालिका र भेरी करिडोर अन्तर्गत आठविसकोट नगरपालिकामा सडक अवरुद्ध छ ।
त्यस्तै, कार्यवाहक प्रधानमन्त्री सिंहले विपद्सम्बन्धी पूर्व शतर्कताका लागि यसअघि म्यासेज पठाउने गरिएकोमा अबदेखि भ्वइस कल पनि गर्ने व्यवस्थाका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण