मधेसी स्वास्थ्यकर्मी फोरमको मधेस प्रदेश अध्यक्षमा विनोद यादव दोहोरिए
सारांश
- मधेसी स्वास्थ्यकर्मी फोरमको मधेस प्रदेश अध्यक्षमा विनोद यादव पुनः निर्वाचित भएका छन्।
- जनकपुरधाममा सम्पन्न फोरमको दोस्रो अधिवेशनले यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
- नवनिर्वाचित कार्यसमितिले स्वास्थ्यकर्मीहरूको हकहित र स्वास्थ्य सेवा सुधारका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ।
जनकपुरधाम । मधेसी स्वास्थ्यकर्मी फोरमको मधेस प्रदेश अध्यक्षमा विनोद यादव दोहोरिएका छन् । जनकपुरधाममा आइतबार सम्पन्न फोरमको दोस्रो अधिवेशनले यादवको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
यादव यसअघि पनि मधेसी स्वाथ्यकर्मी फोरमको मधेस प्रदेश अध्यक्ष थिए । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा संजीव कुमार यादव, चुनचुन प्रसाद यादव र बबिता यादव निर्वाचित भएका छन् ।
त्यस्तै, महासचिवमा भगिरथ चौधरी, सचिवमा शशीकान्त प्रसाद र कोषाध्यक्षमा रन्धिर कुमार यादव निर्वाचित भएका छन् । फोरमले अधिवेशनमार्फत मधेस प्रदेशका स्वास्थ्यकर्मीहरूको हकहित, पेसागत अधिकार र प्रदेशभर स्वास्थ्य सेवा सुधारका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।
नवनिर्वाचित अध्यक्ष यादवले स्वास्थ्यकर्मीहरूबिच एकता र संगठन सुदृढ गर्दै जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन फोरम निरन्तर सक्रिय रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण