भारतले सार्वजनिक गरेको ३ जनाको नाम भेटिएन आतंकवादीको सूचीमा
सारांश
- भारतीय मिडियाले भदौ १२ मा ३ जना आतंकवादी नेपाल हुँदै बिहार प्रवेश गरेको समाचार प्रकाशित गर्यो।
- नेपाल प्रहरी र अध्यागमन विभागको सूचीमा नाम नभेटिएपछि उनीहरू काठमाडौँमा बसेर मलेसिया फर्किए।
- अध्यागमनका अनुसार, उनीहरू दुबईबाट आएर मलेसिया फर्किएको रेकर्डमा देखिन्छ, र प्रहरीको सूचीमा उनीहरूको नाम थिएन।
काठमाडौँ । भारतीय मिडियामा भदौ १२ मा ३ जना आतंकवादी नेपाल हुँदै बिहार प्रवेश गरेको समाचार सार्वजनिक भयो । बिहार प्रहरीले ३ जनाको स्केच समेत सार्वजनिक गरेको थियो । पाकिस्तान घर भएका हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मानको स्केच सार्वजनिक गरिएको थियो ।
उनीहरू पाकिस्तानस्थित आतंकवादी सङ्गठन जैस–ए मोहम्मदका सदस्य भएको भारतीय प्रहरीले दाबी गरेको थियो । तर, नेपालको अध्यागमन विभाग र प्रहरीको सूचीमा नाम नभेटिएपछि उनीहरू दुई जना दुई साता र एक जना एक साता काठमाडौँमा बसेर फर्केका छन् ।
दुबई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनीहरू मलेसिया फिर्ता भएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले रातोपाटीलाई बताए । उनले भने– ‘उनीहरूलाई रोक्नुपर्ने कारण देखिएन ।’
अध्यागमनमा उनीहरूको कुनै रेकर्ड नभेटिएपछि आरोपीहरू फिर्ता भएका हुन् । भारतीय मिडियामा जैस ‘ए’ मोहम्मदका सदस्य भनेर दाबी गरिएका एक जना अगस्ट ८ अर्थात साउन २३ मा आएर अगस्ट १५ मा फिर्ता भए । अन्य दुई जना अगस्ट १० अर्थात साउन २५ मा नेपाल आएका हुन् ।
एकै दिन आएका दुई जनामध्ये एक जना अगस्ट २४ मा र अर्का एक जना अगस्ट २८ मा फर्केको महानिर्देशक तिवारीले जानकारी दिए । उनले भने– ‘उनीहरू तिनै जना दुबईबाट आएर मलेसिया फर्केको हाम्रो रेकर्डमा देखिन्छ ।’
प्रहरीका एक जना उच्च आधिकृतले उनीहरू नेपाल प्रहरीको रेकर्डमा कतै पनि आतंकवादीको सूचीमा नरहेको बताए । ती अधिकृतले भने, ‘नेपालबाट फर्केका ३ जना हाम्रो नोटिसमा थिएनन् ।’
प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतका अनुसार नेपालस्थित भारतीय दूतावासका अधिकारीहरूले पनि ३ जनाबारे थाहा नभएको बताएका छन् । ती अधिकृत भन्छन्– ‘भारतीय च्यानलले पनि यसबारे थाहा नभएको हामीलाई बताएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण