नेपाल हुँदै बिहार पसेको भनिएका ३ आतङ्ककारीको स्केच सार्वजनिक
सारांश
- बिहार प्रहरीले तीन पाकिस्तानी आतंकवादी नेपाल हुँदै बिहार प्रवेश गरेको सूचना पाएपछि उच्च सतर्कता जारी गरेको छ।
- प्रहरीले जैश-ए-मोहम्मदसँग सम्बन्धित तीन जनाको स्केच सार्वजनिक गरेको छ, जसमा हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान रहेका छन्।
- आतंककारीहरू साउन दोस्रो हप्तामा काठमाडौं पुगेर गत हप्ता बिहार प्रवेश गरेको र विधानसभा चुनावलाई लक्षित गरी गतिविधि बढ्ने आशंका गरिएको छ।
पटना । बिहार प्रहरीले पाकिस्तानका तीन जना आतङ्ककारी नेपाल हुँदै बिहार प्रवेश गरेको सूचनापछि उच्च सतर्कता जारी गरेको छ। प्रतिबन्धित आतङ्कवादी संगठन जैश–ए–मोहम्मदसँग सम्बन्धित ती तीन जनाको स्केच पनि प्रहरीले सार्वजनिक गरेको हो।
परिचय खुलाइसकेका ती आतङ्ककारीहरूमा हसनैन अली (रावलपिण्डी निवासी), आदिल हुसैन (उमरकोट निवासी) र मोहम्मद उस्मान (बहावलपुर निवासी) रहेका छन् ।
प्रहरीका अनुसार उनीहरू साउन दोस्रो हप्तामा काठमाडौँ पुगेका थिए र गत हप्ता बिहार प्रवेश गरेका हुन्। सीमावर्ती जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । उनीहरूको पासपोर्ट विवरणसमेत स्थानीय प्रशासनलाई पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।
यस वर्ष नै हुन लागेको बिहार विधानसभा चुनावलाई लक्षित गरेर आतङ्ककारी गतिविधि बढ्ने आशङ्का प्रहरीले गरेको छ। यसै कारण सीमा क्षेत्रमा चेकिङ बढाइएको र प्रहरीलाई सतर्क रहन निर्देशन दिइएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण