अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६०० नाघ्यो
सोमबार, १६ भदौ २०८२, १२ : २९
सारांश
- अफगानिस्तानमा गएको भूकम्पबाट ६०० भन्दा बढीको मृत्यु भएको छ।
- भूकम्पमा १,३०० जना घाइते भएका छन् र उद्धार कार्य जारी छ।
- कच्ची घरहरू भत्किएका कारण उद्धारमा कठिनाइ भइरहेको छ।
काबुल । अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६०० नाघेको छ । आइतबार राति नानगाहर प्रान्तमा ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
अफगानिस्तानको गृह मन्त्रालयले भूकम्पबाट मृत्यु हुनेको संख्या ६१० पुगेको जनाएको छ । भूकम्पबाट एक हजार ३०० जना घाइते भएका छन् ।
भूकम्पबाट प्रभावित क्षेत्र दुर्गममा रहेकाले उद्धार टोली परिचालनमा कठिनाइ भइरहेको जनाइएको छ । सो क्षेत्रमा अधिकांश घर कच्ची रहेका कारण भूकम्पको झट्काबाट भत्किएको समाचार एजेन्सीहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण