मन्त्रिपरिषद् बैठक
दुई आयोगमा ५८ जना अस्थायी अधिकृतको दरबन्दी स्वीकृत
सोमबार, १६ भदौ २०८२, १६ : ४७
सारांश
- सरकारले शान्ति प्रक्रियासम्बन्धी काम गर्ने दुई आयोगमा जनशक्ति थप्ने निर्णय गरेको छ।
- मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि ५८ जना अस्थायी दरबन्दी स्वीकृत गरेको हो।
- जनशक्ति अभावका कारण आयोगले काम गर्न नसकेको गुनासो आएपछि सरकारले यस्तो निर्णय गरेको हो।
काठमाडौँ । सरकारले शान्ति प्रक्रियासम्बन्धी काम गर्ने दुई आयोगमा जनशक्ति थप्ने भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन अयोगमा आर्थिक वर्ष २०८२/०८३ का लागि अधिकृत स्तरका ५८ जना अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा उक्त सङ्ख्याको दरबन्दी स्वीकृत गरेको हो । जनशक्ति अभावमा आयोगले तीव्र गतिमा काम गर्न नसकेको आयोग पदाधिकारीहरूले गुनासो गर्दै आएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण