पूर्वपति युजवेन्द्रमाथि धनश्रीले गरिन् व्यङ्ग्य
सारांश
- युजवेन्द्र चहलसँग सम्बन्धविच्छेद भएपछि धनश्री वर्माले रियालिटी शोमा पूर्व पतिमाथि व्यङ्ग्य गरेकी छन्।
- धनश्री वर्मा 'राइज एन्ड फल' नामक रियालिटी शोमा सहभागी हुँदैछिन्, जहाँ उनले स्पोर्ट्स च्यानल हेर्न बन्द गरेको बताइन्।
- शो सेप्टेम्बर ६ देखि एमएक्स प्लेयरमा सुरु हुँदैछ, जसमा दुई तल्लामा प्रतियोगीहरूबीच प्रतिस्पर्धा हुनेछ।
मुम्बई । भारतीय क्रिकेट खेलाडी युजवेन्द्र चहलसँग सम्बन्धविच्छेद भएपछि चर्चामा रहेकी चर्चित इन्फ्लुएन्सर धनश्री वर्माले आफ्ना पूर्वपतिमाथि व्यङ्ग्य गरेकी छन्। अब छिट्टै रियालिटी सो 'राइज एन्ड फल' मा देखिने भएकी धनश्रीले सबै स्पोर्ट्स च्यानलहरू हेर्न बन्द गरेको बताएकी हुन्।
एमएक्स प्लेयरले हालै रियालिटी सो 'राइज एन्ड फल' को नयाँ प्रोमो जारी गरेको छ। प्रोमोमा धनश्री पत्रकार र पोडकास्टर नयदीप रक्षितसँग देखिएकी छन्। प्रोमोमा नयदीपले धनश्रीसँगको सहकार्यको घोषणा गर्दा उनी भन्छिन्, 'मसँग सहकार्य गर्न त्यति सजिलो छैन।'
त्यसपछि नयदीपले भने, 'म्याडम, आधाभन्दा बढी बलिउडले मसँग सहकार्य गरिसकेको छ। तिमी पनि गर, स्टार बनाइदिन्छु।'
यसमा धनश्रीले जवाफ दिइन्, 'एक रानीलाई स्टार बन्न आवश्यक छैन। जे भए पनि अन्तरवार्ता लिनेहरूको लाइन लागेको छ। पेन्टहाउसमा जति पनि स्पोर्ट्स च्यानल छन्, मैले बन्द गरिदिएँ।'
यसपछि नयदीपले भने, 'तर तपाईंले मलाई बन्द गर्न सक्नुहुन्न।'
केही समयअघि धनश्रीले सम्बन्धविच्छेदको दिन युजवेन्द्र चहलको टी-सर्टमा लेखिएको 'बी योर ओन सुगर ड्याडी' भन्ने सन्देशमा पनि प्रतिक्रिया दिएकी थिइन्। उनले युजवेन्द्रले उनलाई सन्देश दिनैपर्थ्यो भने ह्वाट्सएपमा पठाउन सक्थे, टी-सर्टमा लेखिरहनु आवश्यक नभएको बताएकी थिइन्।
धनश्री वर्माले सन् २०२० मा क्रिकेटर युजवेन्द्र चहलसँग विवाह गरेकी थिइन्। सन् २०२५ मा उनीहरूको सम्बन्धविच्छेद भएको हो।
यता युजवेन्द्र चहलको नाम अहिले इन्फ्लुएन्सर आरजे महवशसँग जोडेर चर्चामा आएको छ।
- 'राइज एन्ड फल' सेप्टेम्बर ६ देखि सुरु हुँदै
'राइज एन्ड फल' सो सेप्टेम्बर ६ देखि एमएक्स प्लेयरमा प्रसारण हुँदैछ। यस सोमा प्रतियोगीहरूका लागि दुईवटा तला हुनेछन्। माथिल्लो तलामा बस्ने प्रतियोगीहरूलाई सबै प्रकारका सुख-सुविधा र विलासिता प्रदान गरिनेछ, जबकि तल्लो तलामा बस्ने प्रतियोगीहरूले सामान्य कुराका लागि पनि सङ्घर्ष गर्नुपर्नेछ। यसरी सबै प्रतियोगीहरूका बिच माथि जानका लागि प्रतिस्पर्धा देखिनेछ। यस सोमा किकु शारदा, धनश्री वर्मा, अर्जुन बिजलानी, कुब्रा सैत, नयदीप रक्षितलगायत थुप्रै कलाकार सहभागी हुनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण