अफगानिस्तानमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या ९०० पुग्यो
मङ्गलबार, १७ भदौ २०८२, १३ : १२
सारांश
- पूर्वी अफगानिस्तानमा गएको भूकम्पमा परी ९०० जनाको मृत्यु भएको छ।
- भूकम्पमा घाइते हुनेको संख्या ३ हजार पुगेको छ, उद्दार कार्य जारी छ।
- भूकम्पका कारण पहाडी क्षेत्रका धेरै घरहरू भत्किएका छन् र पहिरोका कारण सडकहरू बन्द भएका छन्।
काबुल । पूर्वी अफगानिस्तानमा गएको विनाशकारी भूकम्पमा मृत्यु हुनेको संख्या ९०० पुगेको छ । एक अधिकारीले मंगलबार बताएअनुसार भूकम्पमा परेर घाइते हुनेको संख्या अहिलेसम्म लगभग ३ हजार पुगेको छ । भग्नावशेषमा फसेका मानिसहरूलाई बाहिर निकाल्ने काममा राहत टोलीहरू जुटिरहेका छन् ।
आइतबार राति अबेर ६ म्याग्निच्यूडको विनाशकारी भुकम्प आएको थियो । भूकम्प पहाडी क्षेत्रमा आएको थियो, जसका कारण धेरै गाउँका घरहरू पूर्ण रूपमा भत्किए र मानिसहरू घण्टौँसम्म भग्नावशेषमा पुरिए । ‘घाइतेहरूलाई बाहिर निकालिने काम भइरहेको छ, त्यसैले यो तथ्याङ्क अझ बढी हुन सक्छ,’ अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता युसुफ हम्मदले एसोसिएटेड प्रेसलाई भने ।
केही क्षेत्रहरूमा भूकम्पका कारण पहिरो गएकोले सडकहरू बन्द भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण