पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा : मन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले होटल व्यवसाय पर्यटनसँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील क्षेत्र भएकाले यसलाई उत्पादनमुखी उद्योगको श्रेणीमा राखेर सुविधा दिने विषयमा सरकार लागि परेको बताएका छन् ।
मंगलबार जिल्ला होटल व्यवसायी सङ्घ काठमाडौँका अध्यक्ष सुरेश बरालसहितको टोलीले दिएको ध्यानाकर्षण पत्र बुझ्दै ऊर्जामन्त्री खड्काले पर्यटन र होटल व्यवसाय देशको अर्थतन्त्रलाई टेवा दिने क्षेत्र भएकोले यसको प्रतिस्पर्धात्मक क्षमता बढाउनका लागि उत्पादनमूलक उद्योगसरह आवश्यक सहुलियत दिनेबारे सरकार सकारात्मक रहेको बताए ।
सङ्घले बुझाएको ज्ञापनपत्रमा होटल व्यवसाय निरन्तर घाटामा परिरहेको, सञ्चालन खर्च धान्न कठिन भइरहेको र बिजुली महशुल उत्पादनमुखी उद्योगसरह छुटको व्यवस्था तत्काल आवश्यक रहेको उल्लेख गरिएको छ ।
सङ्घका पदाधिकारीले पर्यटन क्षेत्रलाई राजश्व आर्जन गर्ने मात्र नभई विदेशी मुद्रा भित्र्याउने, रोजगारी सिर्जना गर्ने र नेपाल चिनाउने माध्यमका रूपमा समेत योगदान पुर्याएको बताउँदै होटललाई विशेष सुविधा दिनुपर्ने माग गरेका थिए ।
सरकारले सन् २०८२/८३ को बजेटमा होटल र रेस्टुरेन्टलाई उत्पादनमुखी उद्योगसरह मान्यता दिँदै विद्युत् महशुलमा छुटको व्यवस्था गर्ने घोषणा गरे पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको सङ्घको गुनासो छ ।
सङ्घका पदाधिकारीले बजेट कार्यान्वयनमा ढिलासुस्तीका कारण व्यवसाय थप सङ्कटमा परेको भन्दै तत्काल निर्णय गर्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण