लिपुलेक सम्झौता खारेजीका लागि कूटनीतिक पहल गर्न सुझाव
मकवानपुर । बागमती प्रदेशसभाको आजको बैठकमा शून्य समयमा १० जना प्रदेशसभा सदस्यहरूले लिपुलेक सम्झौता खारेज गर्न संघीय सरकारसँग सहकार्य गरेर कूटनीतिक पहल गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन्।
सत्तापक्ष र प्रतिपक्ष दुवैका सदस्यहरूले लिपुलेक, कालापानी, गुन्जी क्षेत्रमा भारतीय पक्षको गतिविधिले नेपालको सार्वभौमिकतामाथि चुनौती पर्न सक्ने उल्लेख गर्दै संघीय सरकारलाई सहयोग गर्ने गरी प्रदेशसभाबाट संकल्प प्रस्ताव पारित गर्न माग गरे।
बैठकमा अन्य विषयमा पनि सदस्यहरूले ध्यानाकर्षण गराएका थिए। हेटौँडा–भैँसे सडकखण्डमा बाढीपहिरोका कारण यात्रु, गर्भवती महिला र बिरामीले भोग्नुपरेको समस्या समाधानका लागि स्थायी पक्की पुल बनाउन, धान खेतीका लागि आवश्यक मल हेटौँडामा मौज्दात राख्न संघीय सरकारसँग समन्वय गर्न, खानेपानी अभाव रहेका क्षेत्रमा योजना बनाएर सुविधा उपलब्ध गराउन र सबै अस्पतालमा दक्ष स्वास्थ्यकर्मी सुनिश्चित गर्न माग गरिएको थियो।
यस्तै, इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै अब देवनागरी लिपिमा नम्बर प्लेट सञ्चालनमा ल्याउनुपर्ने सुझाव पनि दिइयो।
बैठकमा सभामुख भुवनकुमार पाठकले विभिन्न समितिमा सदस्य मनोनयनको प्रस्ताव प्रस्तुत गरेका थिए। प्रदेश मामिला, सार्वजनिक लेखा, शिक्षा स्वास्थ्य, उद्योग–पर्यटन तथा वातावरण समितिमा नयाँ सदस्य मनोनित भई बैठकले स्वीकृत गरेको छ।
सभामुख पाठकले प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण