नेपालमा जापानी इन्सेफ्लाइटिस प्रकोप बढ्योः २३ जनाको मृत्यु, ११३ सङ्क्रमित
मङ्गलबार, १७ भदौ २०८२, १८ : २९
काठमाडौँ । नेपालमा जापानी इन्सेफ्लाइटिस प्रकोप बढ्दै गएको छ । जापानी इन्सेफ्लाइटिस अर्थात् मस्तिष्क ज्वरोको रुपमा चिनिने यो रोगबाट पुसयता २३ जनाको मृत्यु हुँदा ११३ जना संक्रमित भइसकेका छन् ।
यसको सङ्क्रमण लामखुट्टेको टोकाइबाट सर्छ । साउनदेखि कात्तिकसम्म बढी देखिने गर्छ । स्वास्थ्य विभागअन्तगर्त परिवार कल्याण महाशाखाका अनुसार ६ वटा प्रदेशका ३६ जिल्लामा जापानी इन्सेफ्लाइटिसको प्रकोप फैलिएको पाइएको छ ।
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ३७ जनामा पुष्टि भएको छ । बागमती १८, कोशीमा १७, गण्डकीमा १६, सुदुरपश्चिममा ९ र कर्णली प्रदेशमा दुई जनामा जेईको सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै कोशी, मधेशमा ३–३ गरी २३ जना सङ्क्रमितको मृत्यु भएको छ । महाशाखाका अनुसार जापानी इन्सेफ्लाइटिसविरुद्ध १२ महिनाको उमेरमा नियमित खोप तालिकाअन्तर्गत एकल मात्राको रूपमा दिइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण