रतुवाको मासुसहित एक जना पक्राउ
बुधबार, १८ भदौ २०८२, ०० : ५३
सारांश
- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा प्रहरीले रतुवाको मासुसहित एक जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका-२ का ५६ वर्षीय राजेन्द्र सिंह भाट रहेका छन्।
- प्रहरीले भाटलाई रतुवाको मासुसहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ, जहाँ थप अनुसन्धान भइरहेको छ।
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–२ पूर्णागिरि टोलका अन्ताजी ५६ वर्षीय राजेन्द्र सिंह भाटलाई मंगलबार प्रहरीले रतुवाको मासुसहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार भाटलाई सोही नगरपालिका–३ शान्ति टोलबाट गोप्य सूचनाका आधारमा रतुवाको मासुसहित पक्राउ गरिएको छ ।
बरामद रतुवाको मासुसहित भाटलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जिम्मा लगाइएको छ । निकुञ्जले भाटमाथि आवश्यक कारबाही प्रक्रियासँगै थप अनुसन्धानको कार्य अगाडि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण