जेफ्री एप्स्टिनसम्बन्धी ३३ हजारभन्दा बढी पृष्ठका कागजात सार्वजनिक
सारांश
- अमेरिकी कांग्रेस समितिले जेफ्री एप्स्टिन घटनाबारे छानबिनका लागि हजारौं कागजात सार्वजनिक गरेको छ।
- यो कदम राष्ट्रपति ट्रम्प प्रशासनको आलोचनापछि आएको हो, जसमा ३३ हजारभन्दा बढी पृष्ठका कागजात छन्।
- एप्स्टिनले नाबालिग बालिकाहरूको यौन तस्करी गरेको आरोप लागेको थियो र उनी जेलमै मृत फेला परेका थिए।
वासिङ्टन डिसी । बाल यौन अपराधी जेफ्री एप्स्टिनको घटनाबारे छानबिन गरिरहेको अमेरिकी कंग्रेसको समितिले संघीय अनुसन्धानसँग सम्बन्धित ठुलो संख्यामा कागजात सार्वजनिक गरेको छ।
हाउस ओभरसाइट समितिले मंगलबार ३३ हजार २९५ पृष्ठका कागजात र केही भिडियो सार्वजनिक गरेको हो। यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यस मामिला कसरी सम्हाल्यो भन्ने आलोचना बढेपछि आएको हो।
प्रकाशन अघि नै डेमोक्र्याट सांसदहरूले यी फाइलहरूमा नयाँ जानकारी खासै नहुने चेतावनी दिएका थिए। ट्रम्प समर्थकहरू स्वयंले पनि एप्स्टिनबारेको अनुसन्धान अझ पारदर्शी बनाउन दबाब दिइरहेका थिए। बुधबार एप्स्टिनका पीडितहरूले सांसदहरूसँगै पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ।
जेफ्री एप्स्टिन प्रारम्भमा न्युयोर्क सहरमा गणित शिक्षक र लगानी व्यवस्थापक थिए। उनी सन् १९८० को दशकमा निजी जेट र भव्य पार्टीमार्फत धनी तथा प्रभावशाली व्यक्तिहरूसँग जोडिएका थिए। ट्रम्प, पूर्व राष्ट्रपति बिल क्लिन्टनदेखि बेलायती प्रिन्स एन्ड्रूसम्म यो सूचीमा पर्थे।
सन् २००५ मा फ्लोरिडामा १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको उजुरीपछि उनलाई १८ महिनाको जेल सजाय सुनाइएको थियो।
सन् २०१९ मा उनलाई नाबालिग बालिकाहरूको यौन तस्करी सञ्जाल सञ्चालन गरेको आरोपमा पक्राउ गरिएको थियो। जमानत अस्वीकार भएपछि उनलाई न्युयोर्कको मेट्रोपोलिटन करेक्सनल सेन्टरमा राखिएको थियो, जहाँ केही महिनापछि उनी मृत फेला परेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण