प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
बुधबार, १८ भदौ २०८२, १२ : २८
सारांश
- प्रधान सेनापति अशोक राज सिग्देलले पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरे।
- सहायक रथी भोला नाथ थापालाई उपरथी दर्जामा दर्ज्यानी चिन्ह प्रदान गरियो, साथै उनी निरीक्षणाधिकृतमा नियुक्त भए।
- प्राविधिक महासेनानी विश्व बन्धु पहाडीलाई पनि सहायक रथी दर्जामा पदोन्नति हुँदा दर्ज्यानी चिन्ह प्रदान गरियो।
काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलले पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
भदौ ९ गते उपरथी दर्जामा पदोन्नति पाएका सहायक रथी भोला नाथ थापालाई आज जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधान सेनापतिले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। पदोन्नतिसँगै थापा निरीक्षणाधिकृतमा नियुक्त भएका छन्।
त्यस्तै, प्राविधिक महासेनानी विश्व बन्धु पहाडीलाई पनि सहायक रथी दर्जामा पदोन्नति भएको अवसरमा प्रधान सेनापतिले दर्ज्यानी चिन्ह प्रदान गरे।
कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथी, अधिकृत तथा पदोन्नति भएका अधिकृतका परिवारजनहरूको उपस्थिति थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण