पूर्वाधार उपयोग कार्यविधि कार्यदलको प्रतिवेदन राखेपलाई बुझाइयो
बुधबार, १८ भदौ २०८२, १९ : ४५
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मातहत रहेका खेल पूर्वाधार उपयोग तथा सञ्चालन सम्बन्धी कार्य विधि बनाउन गठन गरिएको कार्यदलले प्रतिवेदन बुझाएको छ ।
राखेप कार्यकारी समितिकी समेत रहेकी कार्यदलकी संयोजक सुवर्ण श्रेष्ठले राखेप सदस्य–सचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाइन् ।
सदस्य–सचिव घिसिङले कार्यदलले दिएको सुझाव अत्यन्त उपयोगी रहेका भन्दै परिषद्को बोर्ड बैठकले पास गरेपछि कार्यान्वयनमा आउने जानकारी दिए ।
खेलकुद पूर्वाधारहरूको संरक्षण र प्रभावकारी उपयोग गर्ने सम्बन्धमा खेलाडी मैत्री, सर्वसुलभ र व्यवस्थित ढङ्गले प्रयोगमा ल्याउने व्यवस्था गर्न सुझाव सहित प्रतिवेदन तयार गरिएको संयोजक श्रेष्ठले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण