खुला सीमा नियन्त्रण गर्न भारतको नयाँ अध्यागमन नियम, नेपाललाई कस्तो पर्छ असर ?
सारांश
- भारत सरकारले खुला सिमानाबाट भइरहेको अनियन्त्रित आप्रवासनलाई नियन्त्रण गर्न नयाँ नियम जारी गरेको छ।
- नयाँ नियमले अध्यागमन ब्युरोको अधिकार बढाएको छ र अवैध आप्रवासीहरूलाई निष्कासन गर्न सहयोग गर्नेछ।
- नयाँ नियमअनुसार, नेपाली नागरिकलगायत विदेशी नागरिकहरूले 'फारम सी' पेस गर्नुपर्नेछ।
लखनऊ । भारतको केन्द्रीय गृह मन्त्रालयले खुला सिमानाबाट भइरहेको अनियन्त्रित आप्रवासनलाई नियन्त्रण गर्न सेप्टेम्बर १ देखि लागु हुने गरी अध्यागमन तथा विदेशी ऐन, २०२५ अन्तर्गत नयाँ नियमहरू जारी गरेको छ ।
यी नियमहरूले अध्यागमन ब्युरो (बीओआई) को अधिकार बढाएको छ र यसले विशेषगरी उत्तर प्रदेशजस्ता नेपालसँग सिमाना जोडिएका राज्यहरूमा विदेशी नागरिकहरूको आवागमनलाई थप कडाइ गर्ने अपेक्षा गरिएको भारतीय पत्रिका टाइम्स अफ इन्डियाले लेखेको छ ।
नयाँ नियमअनुसार बीओआईले अब जालसाजीको प्रभावकारी अनुसन्धान गर्न, अवैध प्रवेशकर्ताहरूलाई निष्कासन गर्न राज्य अधिकारीहरूसँग काम गर्न र एक केन्द्रीकृत डाटाबेस कायम राख्न सक्नेछ । पहिले नियामक निकाय मात्र रहेको बीओआईलाई अब कानुनी रूपमा परिभाषित अधिकार र थप जवाफदेही बनाइने भनिएको छ ।
यी नियमहरूले उत्तर प्रदेशमा अनियन्त्रित आप्रवासनको खतरालाई नियन्त्रण गर्न मद्दत पुर्याउनेछ, जहाँ पिलिभित, लखिमपुर खेरी, बहराइच, श्रावस्ती, बलरामपुर, सिद्धार्थनगर र महाराजगञ्ज गरी सात जिल्लाहरू नेपालसँग सिमाना जोडिएका छन् ।
उत्तर प्रदेशमा काम, शिक्षा, स्वास्थ्य सेवा र व्यापारका लागि नेपाली नागरिकहरूको निरन्तर आवागमन हुने गर्छ । अधिकारीहरूले सिमानाई असामाजिक तत्त्वहरू, अवैध आप्रवासीहरू र विदेशी जासुसहरूले दुरुपयोग गर्न सक्ने चेतावनी दिएका छन् ।
नयाँ नियमअन्तर्गत एउटा मुख्य परिवर्तन, नेपाली नागरिक र ओभरसिज सिटिजन्स अफ इन्डिया (ओसीआई) कार्डधारकहरूसहित सबै विदेशी नागरिकहरूलाई 'फारम सी' पेस गर्न अनिवार्य गरिएको छ । होटेल, अस्पताल, नर्सिङ होम, विश्वविद्यालय र अन्य शैक्षिक संस्थाहरूले विदेशी पाहुना वा विद्यार्थीहरूको विवरण रिपोर्ट भर्नुपर्ने बनाइएको छ । ओसीआई विद्यार्थीहरूले भने 'फारम एस' पेस गर्नुपर्नेछ । एक वर्षसम्म भण्डारण गरिने यो तथ्यांकले सीमा क्षेत्रमा हुने आवागमन ट्र्याक गर्न मद्दत पुर्याउने भारत सरकारको विश्वास छ ।
एक अधिकारीले टाइम्स अफि इन्डियासँग भने, 'कडा कागजात र निगरानीले अनाधिकृत प्रवेशलाई रोक्न मद्दत गर्नेछ र विदेशी नागरिकहरू भारतमा कानुनी र पारदर्शी रूपमा बसोबास गरेको सुनिश्चित गर्नेछ ।'
उनका अनुसार यो कदम राष्ट्रिय सुरक्षाको रक्षा गर्ने र नेपालजस्ता छिमेकी राष्ट्रहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने व्यापक रणनीतिको एक भाग हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण