पोर्चुगलमा रेल दुर्घटना, कम्तीमा १५ जनाको मृत्यु
सारांश
- लिस्बनमा फनिकुलर रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरिएको छ, भने केहीको अवस्था गम्भीर छ।
- मेयर कार्लोस मोएदासले यसलाई दुःखद दिन भन्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरे।
काठमाडौँ। पोर्चुगलको राजधानी लिस्बनमा पर्यटकबीच लोकप्रिय फनिकुलर रेल (केबल रेल) दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ।
दुर्घटनामा कैयौँ घाइते भएका छन् भने केही अझै फसेको बताइएको छ। बुधबार भएको दुर्घटनापछि उद्धार टोली, प्रहरी र दमकलकर्मीहरू घटनास्थलमा परिचालन भएका छन्।
सुरुमा ३ जनाको मृत्यु भएको पुष्टि भए पनि पछिल्लो विवरणअनुसार मृतक सङ्ख्या १५ पुगेको सीएनएन पोर्चुगलले जनाएको छ। घाइतेमध्ये कम्तीमा ९ जनाको अवस्था गम्भीर छ। लिस्बनका मेयर कार्लोस मोएदासले यसलाई “सहरका लागि अति दुःखद दिन” भन्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
सन् १८८५ मा सञ्चालनमा आएको ग्लोरिया फनिकुलर लिस्बनको ऐतिहासिक पर्यटकीय आकर्षणमध्ये एक हो। दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन भने प्रहरीको विशेष टोलीले छानबिन सुरु गरेको छ। पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सोसाले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितप्रति समवेदना प्रकट गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण