अनेमसंघ (क्रान्तिकारी)को बन्दसत्रमा प्रतिवेदन पेस हुँदै
सारांश
- अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौं राष्ट्रिय सम्मेलनको दोस्रो दिन प्रतिवेदन पेश हुँदैछ।
- अध्यक्ष अमृता थापाले प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गरिने र भोलि नयाँ नेतृत्व चयन हुने जानकारी दिइन्।
- पार्टी अध्यक्ष प्रचण्डले सम्मेलनको उद्घाटन गरेका थिए भने नेतृत्व चयनबारे माओवादीले पदाधिकारी बैठक बोलाएको छ।
काठमाडौँ । नेकपा(माओवादी केन्द्र) निकट महिला संगठन अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को सातौं राष्ट्रिय सम्मेलनको दोस्रो दिन आज प्रतिवेदन पेस हुँदैछ । प्रज्ञाभवन कमलादीमा बुधबारदेखि सुरु भएको बन्दसत्रमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन हुने अध्यक्ष अमृता थापाले बताइन् । थापाका अनुसार प्रतिवेदन माथिको छलफल आजै सकिने र भोलि नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुने जानकारी दिइन् ।
‘दोस्रो दिनको बन्दसत्र सुरु हुँदैछ । केहीबेरमा प्रतिवेदन पेस हुन्छ । त्यसमाथि समुहगत छलफल गरी आजै प्रतिवेदन अनुमोदन हुन्छ । भोलि नयाँ नेतृत्व चयन गरेर सम्मेलन सम्पन्न हुन्छ’, रातोपाटीसँग उनले भनिन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार सम्मेलनको उद्घाटन गरेका थिए । यता सर्वसम्मत नेतृत्व चयन लगायत विषयमा छलफल गर्न माओवादीले पदाधिकारी बैठक बोलाएको छ । माओवादीका एक पदाधिकारीले महिला संगठनमा १०० जनाभन्दा बढी केन्द्रीय सदस्य भएकाले भातृ संगठन जस्तो नभई महिला शाखा रहेको बताए । यी समस्या हल गर्नका लागि बैठक बोलाइएको ती पदाधिकारीले बताए ।
‘महिला संगठनमा सय जनाभन्दा बढी केन्द्रीय सदस्य छन् । यो त पार्टीको महिला शाखा जस्तो भयो । पार्टीको प्रतिनिधित्व गरेर एक दुई जना केन्द्रीय सदस्य रहनु ठिक हो तर केन्द्रीय सदस्यहरूको जम्बो टोली भएपछि त्यो कसरी भातृसंगठन भयो ? यी समस्याहरूको हल गर्ने विषयमा पदाधिकारी बैठकमा छलफल हुन्छ’, ती नेताले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण