कानुन बमोजिम लेखजंग थापा उम्मेदवार बन्न पाउँछन् ?
सारांश
- निर्वाचन आयोगले उपनिर्वाचनमा समानुपातिक सूचीमा रहेका व्यक्ति उम्मेदवार बन्न नपाउने जनाएको छ।
- रास्वपाका रुपन्देही-३ का उम्मेदवार डा. लेखजंग थापाको हकमा भने आयोगले नाउपाको सूचीबाट नाम हटेकाले योग्य रहेको जनायो।
- आयोगका अनुसार, कानुनले समानुपातिक सूचीमा परेका व्यक्तिलाई दोहोरो उम्मेदवार बन्न रोक लगाउँछ, तर नाम हटाएमा मिल्छ।
काठमाडौँ । निर्वाचन आयोगले २०७९ सालमा समानुपातिक सूचीमा रहेको व्यक्ति उम्मेदवार बन्न नपाउने सूचना प्रकाशित गरेको छ । उपनिर्वाचन कार्यक्रम सम्बन्धमा आयोगले बुधवार जारी गरेको एउटा सूचनामा समानुपातिक सूचीमा रहेको व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने कानुनी व्यवस्था रहेको सूचना प्रकाशित गरेको हो ।
यससँगै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट रुपन्देही–३ का प्रस्तावित उम्मेदवार रहेका डा. लेखजंग थापाको विषयमा कतिपयले चासो राखेका छन् । तर आयोगले नाउपाको समानुपातिक सूचीबाट उनको नाम हटिसकेकाले उम्मेदवार बन्न योग्य रहेको बताएको छ ।
थापा अघिल्लो निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी(नाउपा)को समानुपातिक बन्द सूचीमा रहेका थिए । यस्तै थापा पाँच महिनाअघि मात्र रास्वपा प्रवेश गरेर अहिले आन्तरिक चुनावबाट उम्मेदवार प्रस्तावित भएका हुन् ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार विद्यामान कानुन बाधक नरहेको बताए ।
‘प्रचलित कानुन अनुसार कुनै दलको समानुपातिक बन्द सूचीमा रहेका व्यक्ति प्रतिनिधिसभा वा प्रदेशसभा सदस्यको उम्मेदवार बन्न अयोग्य हुन्छ । तर सम्बन्धित दलको केन्द्रीय समितिको बैठकले बन्द सूचीबाट नाम हटाएको निवेदन आयोग समक्ष पेस गरेमा उम्मेदवार बन्न मिल्छ । लेखजंग थापाको हकमा नाउपाले निवेदन दिइसकेकाले बन्द सूचीबाट हटाएर बाँकी नाम अध्यावधिक भइसकेको छ । उहाँ उम्मेदवार बन्न कानुनले रोक्दैन’, रातोपाटीसँग उनले भने ।
प्रतिनिधिसभा सदस्य ऐन, २०७४ को दफा १४ को उपदफा २ मा दोहोरो उम्मेदवार हुन नपाउने व्यवस्था छ । समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ उम्मेदवार हुन र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ उम्मेदवार भएको व्यक्तिको नाम समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूचीमा समावेश गर्न नपाइने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण