सिड्नीमा ‘सार्क’ को आक्रमणबाट एक व्यक्तिको मृत्यु
सारांश
- अस्ट्रेलियाको सिड्नीस्थित समुद्री किनारमा शंकास्पद सार्कको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ।
- प्रहरीका अनुसार, घटना लगत्तै घटनास्थलमा पुगेर ती व्यक्तिको शव परीक्षणका लागि पठाइएको छ।
- सन् २०२२ पछि सिड्नीमा सार्क आक्रमणबाट भएको यो पहिलो घातक घटना हो, जसले गर्दा किनारहरु बन्द गरिएका छन्।
सिड्नी । अस्ट्रेलियाको उत्तरी सिड्नीको समुद्री किनारमा शनिबार एउटा शङ्कास्पद ‘सार्क’ले एक व्यक्तिलाई टाेकेर मृत्यु भएको अस्ट्रेलियाली प्रहरीले जनाएको छ। न्यु साउथ वेल्स प्रहरीले एक विज्ञप्ति जारी गर्दै ती व्यक्तिलाई बिहानै समुद्रबाट ‘लङ रिफ बिच’स्थित किनारमा लगिएको तर घटनास्थलमै उनको मृत्यु भएको जनाएको छ ।
‘उत्तरी समुद्री तटमा सार्ककाे टोकाइबाट एक व्यक्तिको मृत्यु भएको छ,’ प्रहरीले भनेको छ। मृतकको नमूना फोरेन्सिक परीक्षणको लागि पठाइएको छ । सन् २०२२ मा लिटिल बेमा ३५ वर्षीय बेलायती डाइभिङ प्रशिक्षक सिमोन नेलिस्टको मृत्यु भएपछि सिड्नीमा सार्क आक्रमणको यो पहिलो घातक आक्रमण हो ।
यसअघि सन् १९६३ मा सो सहरमा सार्कले व्यापक आक्रमण गरेका थिए । पछिल्लो आक्रमणपछि उत्तरी उपनगर म्यान्ली र नार्राबीनबीचको प्रशान्त महासागरका समुद्री तटहरू ‘अर्को सूचना नभएसम्मका लागि’ बन्द गरिएको छ।
प्रहरीका अनुसार ती व्यक्ति गम्भीर घाइते भएको सूचना पाएपछि आपतकालिन सेवा घटनास्थलमा पुगेको थियो । नाम नखुलाइएका एक साहसिक डुङ्गा खेलका चालक (सर्फर) का अनुसार पीडित महिला लङ रीफ र डी ह्वाइ समुद्री किनारको बीचमा डुङ्गामा घुमिरहेका थिए ।
सिड्नीको डेली टेलिग्राफका अनुसार डुङ्गा चालकले भने- ‘चार–पाँच जना डुङ्गा चालकले उहाँलाई पानीबाट बाहिर निकाल्दा उहाँको शरिरको तल्लो भागको एउटा महत्वपूर्ण भागमा आक्रमण भएको जस्तो देखिन्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण