जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
शनिबार, २१ भदौ २०८२, १६ : ००
सारांश
- दाङको घोराहीमा जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा बेलुवाका हिमराज खड्का लगायतका व्यक्तिहरू रहेका छन्।
- प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ६० हजार ९ सय ४० रुपैयाँ र १२ बुक तास बरामद गरेको छ।
दाङ । दाङको घोराही उपमहानगरपालिका-१४, दामोदर चोकस्थित द ब्ल्याक क्याप रेस्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-९, बेलुवाका हिमराज खड्का समेत १२ जना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार राति १ लाख ६० हजार ९ सय ४० रुपैयाँ नगद र १२ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
-
आवासीय चिकित्सकलाई अत्यधिक समय कार्य नगराउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण