भारतमा रहेकी छोरीको घर जाने क्रममा डुबेर एक पुरुषको मृत्यु
शनिबार, २१ भदौ २०८२, १७ : १८
सारांश
- मेची खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ।
- मृतकको पहिचान कचनकवलका ६२ वर्षीय सोनुलाल मुर्मुको रूपमा भएको छ।
- प्रारम्भिक अनुसन्धान अनुसार, उनी छोरीको घर जाने क्रममा खोला तर्दा डुबेका थिए।
झापा । मेची खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ।
आज दिउँसो करिब १२:२० बजे भद्रपुर नगरपालिका-३, भैसाबाडीस्थित खोलामा स्थानीयवासीले बग्दै गरेको देखेपछि उद्धार गरेका थिए। तर, उनी मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।
मृतक झापाको कचनकवल गाउँपालिका-६ पैनीटोलाका ६२ वर्षीय सोनुलाल मुर्मु रहेको खुलेको छ। प्रहरीका अनुसार, मुर्मु भारतमा रहेकी छोरीको घर जाने क्रममा खोला तर्दा डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
घटनाबारे थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण