पोखराको होटलमा जुवातास खेलिरहेका ९ जना पक्राउ
आइतबार, २२ भदौ २०८२, ११ : ५४
सारांश
- पोखराको एक होटलमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा होटल सञ्चालक धिरेन पुर्जा पनि छन्, उनी म्याग्दीका हुन्।
- प्रहरीले उनीहरुको साथबाट ८५ हजार ७ सय ९० रुपैयाँ र ४ बुक तास बरामद गरेको छ।
कास्की । पोखरास्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा शनिबार दिउँसो ९ जना पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका-२५ हेम्जा सुन्दरपुरी चोकस्थित म्याग्दी मालिका गाउँपालिका-५ घर भएका ३३ वर्षीय धिरेन पुर्जाले सञ्चालन गरेको होटल म्याग्दीमा जुवातास खेलिरहेको अवस्थामा पुर्जालगायतलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ७ सय ९० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण